हेन्दिहोम भक्तपुर शाखाको उद्घाटनमा नायिका करिश्मा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

बिगत दशबर्ष देखी मानव सौन्दर्यको क्षेत्रका काम गर्दै आएको हेन्दिहोम ब्युटि पार्लरको भक्तपुर शाखा नायिका करिश्मा मानन्धरले उद्घाटन गरेकी छिन् । संस्थाको ब्राण्ड एम्बेस्डर रहेकी करिश्मा र पुर्व कानुन मन्त्री सेर बहादुर तामाङले सयुंक्त उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै प्रमुख अतिथि पुर्व कानुनमन्त्री तामाङले हरेक मानिसले आफ्नो सौन्दर्यतामा ध्यान दिनुपर्ने बताए ।

उनले मानिसले दैनिक रुपमा अन्य क्रियाकलाप गरेसँगै सौन्दर्यताका लागी पनि समय छुट्टाउनु पर्ने बताए । साथै हेल्दिहोम भक्तपुर शाखाका लागी शुभकामना दिए। यस्तै बिशिष्ट अतिथि नायिका मानन्धरले आफूले पनि बिगत लामोसमयदेखी सौन्दर्यताका लागी हेल्दिहोमकै सेवा लिएको पनि बताइन् । यस्तै पछिल्लो समय मानिसहरुमा मोटोपनाले दिएको दुख हेल्दिहोममा आएपछि ठिक हुने बताउँछिन्। कार्यक्रममा हेल्दिहोमका सिइओ डा. कृष्ण भण्डारीले सेवासुबिधाबारे प्रष्ट पारे । उनले भक्तपुर शाखा उद्घाटन समारोहमा आएर नाम टिपाउनेका लागी सेवामा ५० प्रतिशत छुट र उद्घाटनकै दिन सेवा लिने र सामान किन्नेहरुका लागी १० प्रतिशत छुटको ब्यवस्था गरेको बताएका थिए । यस्तै भण्डारीले एक दशकको यात्रामा आइपुग्दा दशौं शाखाको रुपमा भक्तपुरमा हेल्दिहोमको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा थुप्रै राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुती पनि दिएका थिए । बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्यले बेली डान्ससँगै सँस्कृति झल्किने गीतमा पनि नृत्य गरेकी थिइन् । बिनुले पनि पछिल्लो समय हेल्दिहोमबाट सेवा लिने गरेको बताइन् । यस्तै गायक तथा संगीतकार अर्जुन सुनाम, श्रीकृष्ण बम मल्ल, गायक सरोज लामिछाने, गायिका सरिता थापा मगर, गीता लामा, लदिम मल्ल र डान्सर सुप्रिया खड्काले प्रस्तुती दिएका थिए । कार्यक्रम रञ्जना सिटिखुले सञ्चालन गरेकी थिइन् ।