अनुपको ‘कप्स’को एक्सन ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आउँदो जेठ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा भरपुर एक्सन देखाइएको छ ।

एक्शन तथा लभस्टोरी कथा मिश्रित ट्रेलरमा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा देखिएका छन् । यस चलचित्रमा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्ध अनुपलाई उतारिएको ट्रेलरले जनाएको छ ।

अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन फिल्म हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् । अनुपसँगै यो फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । यो चलचित्र राम शाक्यले निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको कप्समा निर्देशक साम्राट सापकोटाकै लेखन रहेको छ ।

video: