झरनाको ‘भागवत गीता’मा अनमोल र सुहानाको जोडी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

प्रर्दशनरत चलचित्र 'ए मेरो हजुर ३' बाट सफलता हात पारेलगत्तै निर्देशक झरना थापाले यही वर्ष अर्को नयाँ चलचित्र निर्माण गर्ने भएकी छन् । उनले आफ्नो आधिकारिक फेसबुकमार्फत यस बारे जानकारी गराएकी छिन् । निर्माण गरिने चलचित्रको नाम ‘भागवत गीता’ रहेको छ । झरनाको यो प्रोजेक्ट उनी चलचित्र 'ए मेरो हजुर २' प्रर्दशनपछि निर्माण गर्ने तयारीमा थिइन् । तर विभिन्न कारणबस चलचित्र पछि सर्न पुगेको हो ।

हाल भने यो चलचित्र निर्माण हुने पक्का भएसँगै चलचित्रका मुख्य कलाकार पनि निश्चित भईसकेका छन् । उही कलाकार जसले चलचित्र 'ए मेरो हजुर ३' बाट दर्शकको सर्वाधिक माया पाएका छन् । हाल नेपाली सिने क्षेत्रका सुपरहिट जोडी अनमोल केसी र सुहाना थापा यस चलचित्रमा अनुबन्धित भइसकेका छन् ।

अनमोलले ‘भागवत गीता’को स्क्रिप्ट पढिसकेको र निर्माण टिमसँग कागजी सम्झौता भएको जानकारी पाइएको छ। सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’मा अनमोल भागवत र सुहाना गीताको भूमिकामा रहनेछन्। यो सुपरहिट जोडीलाई दर्शकले फेरी एकपटक एकसाथ स्क्रिनमा देख्न पाउने भएका छन् ।