आरके बने इमेज लोक कलाकारका बिजेता

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली लोकगीतको गायन क्षेत्रका नवप्रतिभा खोज्ने उदेश्यले आयोजना गरिएको इमेज लोक कलाकार सिजन–दुईको उपाधि रामेछापका राम कुमार नेपाली (आरके)ले जितेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा आरकेले उपाधि जितेसँगै नगद डेढ लाखसँगै एकगीत रेकर्ड गर्ने अवसर प्राप्त गरे । यस्तै पब्लिक च्वाई तर्फको अवार्ड भने शितल गुरुङले जितेका छन् ।

देशैभरीबाट हजार भन्दा बढीले दिएको अडिसनबाट शुक्रबार उत्कृष्ट पाँचबाट पनि बिजेता छानिएको थियो । उत्कृष्ट पाँचमा बत्ती थापा मगर, भगवती खाती, शीतल गुरुङ, रामकुमार नेपाली र मोहन केसी पुगेका थिए । विभिन्न चरण पार गर्दै पछिल्लो आठ महिनाको अवधिमा फाइनल राउण्ड पार गरी उत्कृष्ट दश हुँदै पाँच जना प्रतियोगीबाट विजेता छनौट गरिएको हो ।

उपाधि हात पारेसँगै आरकेले आयोजक टिमसँगै भोट गरेर जिताउने दर्शकलाई धन्यवाद दिए । सानैदेखी लोकगीतको बिधामा रुचि राख्ने गरेको र इमेज लोक कलाकारमा आउने अवसर मिलेको उनले बताए । ‘आज यो प्रतियोगीताको उपाधि हात पार्दा धेरै खुसी लागेको छ, सँगै थप जिम्मेवारी पनि बढेको छ । अब दर्शकले अपेक्षा गरेअनुसारको गीत ल्याउने छु’ आरकेले भने । उनले छिट्टैनै आफ्नै स्वरमा नयाँ गीत सार्वजनिक गर्ने जानकारी दिए ।

कार्यक्रममा बिजेतासँगै अन्य उत्कृष्ट पाँच भित्र परेका प्रतियोगीहरुलाई सम्मान गरिएको थियो । नेपाली लोकसंगीतको संरक्षण र श्रीवृद्धिमा जुटेको इमेज च्यानलले विगत दुई वर्षदेखि इमेज लोककलाकार नामक रियालिटी शो गर्दै आएको छ ।