सांस्कृतिक परेडमा ‘लिटिल मिस हेरिटेज नेपाल’ प्रतियोगी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का १६ प्रतियोगिले बिभिन्न जातजातिका भेषभुषामा सजिएर साँस्कृतिक परेड प्रस्तुत गरेका छन् । देशको कलासंस्कृति र भेषभुषा आन्तरिक तथा बाहय प्रयटर्कलाई अवलोक गराउदै सम्पदाको जगेर्ना गर्न सन्देश फैल्याउने उदेश्य सांस्कृतिक परेडको रहेको आयोजक जेनिथ ईन्टरटेनमेन्टका सिइियो बिक्रम सिंह मैनालीले जानकारी दिए । प्रयोगीतीहरु बसन्तपुर डवलीमा जम्मा भएका थिए ।

सो अवसरमा प्रतियोगिले सम्पदा जोगाउन सन्देश दिने प्लेकार्ड समेत बोकेका थिए । ‘लिटिल मिस हेरिटेज २०१८’ का जुनियर तथा सिनियर बिजेता प्रंसासा रायमाझी, शारिका प्रजापतीले परेको संयोजना गरेका थिए । ‘परिवर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराई उनिहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गर्दै मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जेनिथ ईन्टरटेनमेन्टका कार्यकारी निर्देशक प्रमोद केसी बताए । १८ बुधबार जावलाखेल स्थित देव हलमा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा बिभिन्न संस्कृतिक तामझामका साथ बिजेता छानिनेछन् । कार्यक्रममा शिर्ष सहित बिभिन्न उप–शिर्षकमा समेत बिजेता छानिने आयोजकले जनाएको छ ।