‘छ माया छपक्कै’ औपचारिक घोषणा, दीपक भन्छन्, हस्तक्षेप हुँदैन

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

छक्का पञ्जा टिमको अर्को चलचित्र ‘छ माया छपक्कै’को औपचारिक घोषणा गरिएको छ । राजधानीको पाँचतारे होटल सोल्टिमा पत्रकार सम्मेलन गर्दै टिमले निर्माणको घोषणासँगै, प्रदर्शन मिति घोषणा र केहि कलाकार सार्वजनिक गरियो ।

यसअघि वडा नम्बर ५ देखी छक्का पञ्जा ३ सम्म आउँदै गर्दा दीपक र दीपाको टिमलाई लागेका आरोपबारे पनि दीपकराज गिरीले प्रष्ट पारेका थिए । चलचित्रको निर्देशकलाई दीपकको टिमले हस्तक्षेप गर्छ रे, आफ्नो तरिकाले काम गर्न पाउँदैनन् भन्छने नि भन्ने प्रश्नमा दीपकले हस्तक्षेप नभई सहयोग भन्ने शब्दलाई प्रयोग गर्न सुझाए । ‘हस्तक्षेप होइन, अरु कलाकारले सहयोग गर्ने हो भन्ने बुझ्नुपर्छ’ दीपकले भने । चलचित्रमा नायिका केकी अधिकारीको पनि मुख्य भूमिका रहने बताइयो । केकीले दीपक र दीपाको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् ।

रोहित अधिकारी निर्माता रहेको यो चलचित्रमा सुमन गिरी भान्जा, तारा चन्द्र बजगाई, दीपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सह निर्मातामा रहेका छन् ।