सयभन्दा बढी टिकटक प्रयोगकताहरुको भेटघाट

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

मोबाइल एप्स टिकटकमा चर्चित प्रयोगकर्ताहरु एकआपसमा आत्मियता स्थापना गर्नका लागी भेटघाट कार्यक्रम गरेका छन्। शनिबार सुकेधारास्थित एक क्याफेमा सय भन्दा बढी टिकटक प्रयोगकर्ता भेला भएका थिए। नेपाली म्युजरले आयोजना गरेको उक्त कार्यक्रममा टिकटक प्रयोगकर्ताहरु बीच आत्मीयता स्थापना गर्नका लागि ‘मिट एण्ड ग्रिट’ आयोजना गरिएको जानकारी दिइयो।

कार्यक्रममा आयोजक नेपाली म्युजर र त्यसका एडमीनले केक काटेर रौनक थपेका थिए । नीरज लायन श्रेष्ठ र उनको टिमले संचालन गर्ने नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीतको प्रबद्र्धन तथा बिस्तारमा जोड दिदै आइरहेको छ  । नयाँ तथा पुराना एक सयभन्दा बढी टिकटक प्रयोगकर्ता युवायुवती भेला भएको कार्यक्रममा उनीहरुले अभिनय, क्यारिकेचर, डान्सका साथै गीत गाएका थिए । प्रत्यक्ष भेटघाटमा एकले अर्काको टिकटक प्रस्तुतिबारेमा प्रतिक्रिया दिनेसमेत गरेका थिए ।

‘टिकटक युजरहरुलाई युनाइट गरौ भनेर कार्यक्रम गरिएको हो,’ आयोजक संस्थाका प्रमुख निरजले भने,‘खासमा हाम्रो यो पाँचौ गेट–टुगेदर हो । तर यो चाहिँ सबैभन्दा ह्यज हो ।’ उनले टिकटक प्रयोगकर्ताहरु स्वस्र्फुत रुपमा उपस्थित भएको बताए । उनले आफूहरु छिट्टैनै पोखरामा अनि देशका अन्य शहरहरुमा मिट एण्ड ग्रिट गर्ने योजनामा रहेको बताए । बिशेषतः युवा बर्गमा चर्चित टकटकमा कतिपयका लाखौं फलोअर्स छन् । टिकटकबाटै कलाकार,मोडल बन्नेहरु पनि थुप्रै छन् । नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीत अप्लोड गर्दै आइरहेको छ ।