ब्यवसायिक प्रतिस्पर्धामा उत्रिदैँ दुई बर्षा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आगामी जेठ ३ गतेबाट दुई बर्षा अभिनित चलचित्र एकसाथ सार्वजनिक प्रर्दशनमा आउँदैछन् । नायिका बर्षा राउत अभिनित चलचित्र ‘जात्रौ जात्रा’ र नायिका बर्षा सिवाकोटी अभिनित 'बीर बिक्रम २' एकसाथ प्रर्दशनमा आउन लागेको हो। नेपाली सिने जगतमा यि दुई नायिका एकअर्काको प्रतिस्पर्धी हुनभन्ने खुब चर्चा हुने गरेको छ । यदि उनीहरु ब्यक्तिगत रुपमा प्रतिस्पर्धी नभए तापनि अब भने दुई नायिकाबीच ब्यबसायिक प्रतिस्पर्धा हुने भएको छ।

'बीर बिक्रम २’ मिलन चाम्सले निर्देशन गरेको चलचित्र हो । चलचित्रमा मुख्य भूमिकामा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ, वर्षा सिवाकोटी रहेका छन् भने देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि चलचित्रमाअभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण गरिएको चलचित्रमा अर्पण सापकोटा सह निर्माता रहेका छन्। चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

त्यसैगरी प्रदिप भट्टराई निर्देशित जात्रै जात्रा’मा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको छ। बर्षा राउत, दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर,कृष्ण भक्त महर्जन, कालु रानालगायत कलाकारहरुको अभिनय रहेको चलचित्रको कथा निर्देशन पनि निर्देशक भट्टराईकै रहेको छ । केही अगाडी सार्वजनिक गरेको चलचित्रको गीत र ट्रेलरलाई दर्शकले खुब रुचाएका छन् । चलचित्रमा  शिव राम श्रेष्ठको छायांकन र  मित्र डि गुरुङको सम्पादन रहेको छ ।

यि दुबै चलचित्र सिक्वेल भएपनि 'बीर बिक्रम २' को पहिलो सिरिज 'बीर बिक्रम' ले भन्दा ‘जात्रै जात्रा’को पहिलो सिरिज जात्राले बक्सअपिसमा बढी कमाई गरेको थियो । यही सन्दर्भमा  वीर विक्रम २ ले भन्दा ‘जात्रै जात्रा’ले बढी शोज पाउने अनुमान गर्न सकिन्छ । 'बीर बिक्रम २' र ‘जात्रौ जात्रा’ दुबै चलचित्र दर्शकमाझ प्रतिक्षित बनिसकेको छ ।