‘को बन्छ करोडपति’मा’ रवि लामिछाने,कति रकम जिते?

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">महानायक राजेश हमालले सञ्चालन गर्दै आएको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम 'को बन्छ करोडपति'मा 'सिधा कुरा जनता सम्म' नामक कार्यक्रम सञ्चालन गर्दै आएका चर्चित सञ्चारकर्मी रवि लामिछाने सहभागी भएका छन् । संसार जितेर आफू अगाडी बढ्न खोज्ने र जनतालाई न्याय दिलाउन जस्तोसुकै परिस्थितीमा खडा हुने लामिछाने को बन्छ करोडपतिको हट सिटमा बस्दा आफू हल्का नर्भस भएको बताउँछन् । सुरुसुरुमा नर्भस भएपनि पछि यो एउटा गेम हो, लाइफमा अलिकति त रिक्स लिनैपर्छि भनी उनले सहजता अपनाएर यस गेमलाई सम्पन्न गरेको उनले त्यहाँ उपस्थित मिडियालाई बताएका छन् । राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि आफू कार्यक्रममा सहभागी भएको उनले आफैले बताएका छन् ।&nbsp;यसअर्थमा उनले धेरै भन्दा धेरै रकम जितेका छन् भन्ने विश्वास गर्न सकिन्छ ।&nbsp;</p><p style="text-align: justify; ">ब्रिटेनको चर्चित टेलिभिजन रियालटी शो ‘हुँ वान्ट्स टु वि अ मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’मा धेरै चर्चित कलाकारहरु सहभागी भईसकेका छन् । केही समयअघि&nbsp;अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ। यसअघिको सेलिब्रटी बिषेश एपिसोडमा अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी अभिनेता आयुष्मान देशराज जोशी कार्यक्रममा सहभागी भएका थिए । तर उनीहरुको खेल त्यती राम्रो भएन। आफूलाई प्रश्नको उत्तर थाहा नभएको खण्डमा पनि उनीहरुले&nbsp;लाइफलाइन प्रयोग&nbsp;नगरेर ओभर कन्फिडेन्सका कारण कार्यक्रमबाट मात्र दश हजार रुपैया जितेर जानुपर्यो। प्राय सबै अडियन्सले उक्त एपिसोड प्रति नकारात्मक प्रतिक्रिया जनाएका छन् ।&nbsp;</p>