परदेशी सुनिलको मोडलिङ मोह

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपालमै रहँदा भन्दा परदेश जाँदा आफ्नो देशको माया बढी हुन्छ। यहि कुरालाई मनन गर्दै सुनिल घले (रिजोइस)ले पनि आफ्नो देशको गीतसंगीत प्रतिको मायालाई भुल्न सकेका छैनन् । बिगत एघार बर्षदेखी क्यानडामा बस्दै आएका सुनिल नेपाली गीतसंगीतलाई निकै माया गर्छन्। बर्षैपिच्छे नेपाल आउने उनले प्रत्येक बिदाको समयमा नेपाली म्युजीक भिडियोमा मोडलिङ गरेका हुन्छन् ।

नेपाल रहँदै पनि केहि गीतसंगीतले आफूलाई तान्ने गरेको सुनिल बताउँछन्। उनी भन्छन् ‘नेपालमै हुँदा यो क्षेत्रमा रहर थियो तर परदेशमा भइसकेपछि झनै बढी माया हुँदोरहेछ ।’ सुनिलले सन् २०१६ मा आरके खत्रीको स्वरमा रहेको ‘गोली हानी’बोलको गीतको भिडियोमा अभिनय गरेर मोडलिङ यात्रा सुरु गरेको बताए। बिशेषगरी नेपाली पप् तथा लोकपप् गीत रुचाउने सुनिलले अहिलेसम्म आधा दर्जन बढी गीतको भिडियोमा अभिनय गरेका छन् । उनी म्युजीक भिडियो मोडलिङ भन्दा अघि हाँस्य टेलिसिरियल ‘गुलेली’का निर्माता तथा कलाकार समेत थिए। ‘केहि समय सिरियलमा लागियो र बिबिध कारणले रोकियो । पछि निरन्तरता गरौं भन्ने सोँच पनि थियो तर बाहिर बढी हुने भएकाले समय दिन गाह्रो भयो ।’ सुनिलले भन्छन् ‘अब गीतसंगीतको माध्यमबाट दर्शक माझ आएको छु।’

सुरुवातका दिनहरुमा साथीहरुको साथले गर्दा यो क्षेत्रमा प्रवेश गरेको उनी बताउँछन् । कतिपय म्युजीक भिडियोमा निर्माता भएरै पनि मोडलिङ गरेको सुनिलले बताए । अहिले बिधाको समय पारेर नेपाल आएका उनी एकसाता पछि क्यानडा फर्कने तयारीमा छन् । एक महिना लामो नेपालको बसाईको क्रममा उनले तीनवटा म्युजीक भिडियोमा मोडलिङ गरे । जसमा दुईवटा भिडियो सार्वजनिक भइसकेका छन् भने एकवटा आउने क्रममा छ । सपरिवार क्यानडामा बस्ने आएका सुनिलले अबको आफ्नो इच्छा पनि सेयर गरे । बिशेषगरी ¥याप गीतहरुमा इच्छा भएकाले पछिल्लो समयका नेपालका चर्चित ¥यापरहरुसँग कामगर्ने इच्छा भएको उनी बताउँछन् । ‘काम गर्दै जाँदा बिभिन्न इच्छाहरु थपिदै जान्छन्, नेपालका अग्रह ¥यापरहरु मिस्टर आरजे, सन्दीप बिष्ट लगायतका कलाकारहरुको गीतमा मोडलिङ गर्ने मन छ । साथै नेपाललाई चिनाउने गीतमा पनि मोडलिङ गर्ने इच्छा छ ।’ उनले भने । सुनिलले क्यानडामा रहँदै गर्दा आफ्नो देश नेपाललाई चिनाउने गीतमा मोडलिङ गर्ने तयारीमा छन् । ‘बाहिर हुँदा समयको बिशेष महत्व हुने रहेछ त्यसैले समय मिलाएर क्यानडामै हुँदा पनि गीतसंगीतलाई समय दिने सोँच बनाएको छु ।’ सुनिल भन्छन् ‘राम्रो टिम भयो भने पक्कै पनि क्यानडामै रहेर पनि म्युजीक भिडियोको निर्माण गर्नेछु ।’