‘दाल भात तरकारी’लाई दर्शकको साथ,गर्यो आक्रामक व्यापार

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गएको शुक्रबारबाट देशभर प्रर्दशनमा आएको चलचित्र ‘दाल भात तरकारी’ले आज शनिबार निकै दर्शक बटुल्न सफल भएको छ। बिहानैदेखि क्यूएफएक्सका २४ शोजमै दर्शकको बाक्लो उपस्थिती रहेको थियो। काठमाण्डौस्थित गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि चलचित्रले आक्रामक ब्यापार गर्यो। दर्शकको चलचित्रप्रतिको मोह देखेर निर्माता किरण केसीले निकै खुशी भएको बताएका छन्।

आज बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा चलचित्रका मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प खड्का, आँचल शर्मा,किरण केसी, निर्देशक सुदन केसी दर्शकको प्रतिक्रिया लिन पुगेका छन् । दर्शकहरु पनि त्यहा पुगेका कलाकारहरुसँग निकै होम्मिएका थिए। दर्शकहरुले चलचित्र निकै मनपराएका छन्। तर समिक्षागत रुपमा भने चलचित्रले मिश्रित प्रतिक्रिया पाइरहेको छ। कथा र प्रस्तुतिभन्दा कमेडीलाई प्रधानता दिएको भन्ने यदाकदा सुनिन थालेको छ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ।सुदन केसीले निर्देशन गरेको चलचित्रमा रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन्। कमेडि जनराको यस चलचित्रमा निरुता सिंह ,हरिवंश आर्चाय, आँचल शर्मा,पुष्प खड्का, मदन कृष्ण श्रेष्ठ, शिशिर वाङ्देल, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, लगायत कलाकारहरुको अभिनय रहेको छ।