करिश्माको उपस्थितिमा ‘भूइफूल’ घोषणा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नायिका करिश्मा मानन्धरको उपस्थितिमा चलचित्र‘भूइफूल’को घोषणा गरिएको छ। उनी प्रमुख अतिथीको रुपमा उपस्थित भएकी हुन । भुमेथान फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको आइतबार एक समारोहको बिच शुभमूर्हूत गरिएको हो । कार्यक्रममा करिश्माले एक्सन कट भनेकी थिइन् भने नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप गरेका थिए । त्यसैगरी पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए भने कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले चलचित्रमा समावेश एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिए।

नरेन खड्का, गोविन्द प्रभात, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामा लगायतको मुख्य अभिनय रहने चलचित्रमा नेत्र सन्त्यालको लेखन निर्देशन रहनेछ । उर्मिला वान्तवा राई निर्माता रहेको चलचित्रमा सरिता राइ प्रस्तुतकर्ताको रुपमा रहेकी छिन् । चलचित्रको छायाँकन वैशाख २५ गतेबाट सुरु  हुनेछ । छायाँकन धरान, झापा र काठमाडौका बिभिन्न ठाउँमा हुने बताइएको छ । नेत्र सन्त्यालको डेब्यु निर्देशनमा बन्न लागेको यस चलचित्रमा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत र चलचित्रको कास्टिङ निर्देशनमा अमृतमान महर्जन रहेका छन् । अन्य  थुप्रै चलचित्रमासहयोगी निर्देशकको रुपमा काम गरेका नेत्र सन्त्यालले यस चलचित्राबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।