‘एक था टाइगर’को तेस्रो सिरिज बन्ने

मुम्बई , एजेन्सी ।

बलिउड सुपरसहिट चलचित्र 'एक था टाइगर'को तेस्रो सिरिज बन्ने भएको छ। हाल नयाँ चलचित्र 'भारत'को निर्देशनमा ब्यस्त रहेका निर्देशक अली अब्बास जफरले 'टाइगर'को तेस्रो सिक्वेलको घोषणा गरेका हुन् ।

'एक था टाइगर','टाइगर जिन्दा हे' पछि तेस्रो सिरिज पनि बन्ने संकेत केही दिन अघि सलमानले एक भारतिय इन्टरभ्यूमार्फत हल्का जानकारी दिएका थिए । यसअघिका दुवै चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेका थिए। जफरकै निर्देशन रहने तेस्रो सिरिजमा फेरी अडियन्सहरुले अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको जोडीलाई स्क्रिनमा देख्न पाउने भएका छन्।

यो सिरिजको पहिलो चलचित्र 'एक था टाइगर'लाई कबीर खानले निर्देशन गरेका थिए भने 'टाइगर जिन्दा हे' अलीले निर्देशन गरेका थिए। चलचित्रको छायांकन २०२० बाट सुरु हुने बताइएको छ। अली र सलमानले 'सुल्तान','टाइगर जिन्दा हे' र 'भारत'मा एकसाथ काम गरिसकेका छन् । हाल 'भारत'मा काम गरिरहेका सलमान यसपछि 'दबंग ३' को काम सकेर 'एक था टाइगर'को तेस्रो सिक्वेलमा व्यस्त हुने भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्। ५ जुनमा 'भारत' प्रर्दशनमा आउँदैछ । यसमा सलमान र कटरीनासँगै दिशा पाटनी, सुनील ग्रोवर र तब्बू प्रमुख भूमिकामा छन् ।