‘पसिना’ आजबाट प्रर्दशनमा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आर.बी.के खत्रीको निर्देशनमा तयार भएको चलचित्र ‘पसिना’ आजबाट प्रर्दशनमा आएको छ। यो शुक्रवार एउटा मात्र नेपाली चलचित्र प्रर्दशनमा आएको छ । त्यसैगरी आजबाटनै चलचित्र ‘दाल भात तरकारी’ दोश्रो सातामा प्रवेश गरेको छ ।  सुदन केसीले निर्देशन गरेको ‘दाल भात तरकारी’ले राम्रो दर्शक कमाइ रहेको छ ।

मल्टिप्लेक्समा दर्शकको राम्रै उपस्थित रहेको छ । चलचित्रले दर्शको राम्रो र नराम्रो दुबै मिश्रित प्रकिक्रिया पाइरहेको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत मुख्य भूमिकामा छन्।त्यसैगरी मजदुरको कथामा बनाइएको चलचित्र‘पसिना’मा गौरव पहारी, अनु शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ चलचित्रमा भने सरोज खनाल, रबि गिरि, सुरजनी केसी, शिब शंकर रिजाल, सरोज अर्याल, सरिताराज उपाध्याय, जयनन्द लामाको पनि अभिनय रहेको छ । चलचित्रले सत्कर्म गर्नका लागि पसिना बगाउनुपर्छ सन्देश दिन खोजेको छ ।

‘पसिना’मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ। पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आर.बी.खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् ।