ट्रेलरमा कमेडी ‘काउसो’

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आउदो जेठ १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र 'काउसो'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन तथा कमेडी मिसिएर बनेको छ। कमेडी जनरामा निर्माण भएको चलचित्रमा अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सविन श्रेष्ठ, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुकोे अभिनय रहेको छ। मदन घिमिरे निर्देशित चलचित्रमा अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेका छन् भने निर्मातामा सिताराम तिमल्सिना ज्याक र भगवान खत्री छन्।

निर्देशकै कथा रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा रहेको छ। शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य, विकास चौधरीको संगीत, रामेश्वर हुमागाइँको छायांकन, नविन निरौलाको सम्पादन रहेको चलचित्रमा कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन्।

Trailer: