अबिवाहित सलमान पिता बन्दै

मुम्बई , एजेन्सी ।

बलिउड सुपरस्टार सलमान खान बाबु बन्दैछन्। प्रेमीका र विवाहका कारण चर्चामा आइरहने दबंग स्टार ५३ वर्षय सलमान अहिले सम्म अबिवाहित छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार एक्लो जीवन बिताइरहेका उनी सरोगेसीद्दारा बाबु बन्ने भएका छन्। सलमानले बच्चालाई औधि माया गर्छन् । बच्चाप्रतिको माया उनले कयौँ पटक देखाइसकेका छन्। समाचार अनुसार  सलमान खान  अझै पनि बिहेका लागि तयार छैनन् ।

त्यसो त यसभन्दा पहिले पनि बलिउडका कयौं कलाकार शाहरुख खान, आमिर खान, करण जौहर, एकता कपुर, तुषार कपुर र सनी लियोनी सरोगेरीमार्फत् आमा बाबु बनेका छन्। बहिनी अर्पिता खानका छोरा आहिलसँग सलमानको मित्रता गहिरो छ। उनी आहिललाई धेरै माया गर्छन्। आहिलसँग खेल्दै गरेका सलमानका भिडियो पनि भाइरल भएका छन्। एक अन्तरवार्तामा सलमान खानले बिहेको सवालमा हाँसिमजाक गर्दै भनेका थिए, ’म राम्रो छोरो हुँ र राम्रो पिता पनि बन्न सक्छु। तर सायद म राम्रो पति बन्न सक्दिनँ।’ सलमान यसअघि संगीता बिजलानी, सोमी अली, कटरिना कैफ र ऐश्वर्या रायसँ प्रेममा थिए ।

सलमान पूर्वप्रेमिकाहरु कटरिना कैफ र ऐश्वर्या रायसँग बिहेका लागि गम्भीर थिए । तर दुवैसँग उनको सम्बन्ध राम्रो रहेन, र ब्रेकअप भयो । अब सलमानको युलिया वन्तुरसँग प्रेम रहेको समाचार छ। दुवैले बिहे गर्ने समाचार आएको थियो । तर सलमान र यूलियाले यो खबर गलत भएको बताए।