फराहाको ‘सत्ते पे सत्ता’ रिमेकमा शाहरुख र कट्रिनाको जोडी

मुम्बई , एजेन्सी ।

बलिउडका किङ खान अर्थात शाहरुख खान आफुले अभिनय गरेको चलचित्र ‘जिरो’ फल्प भएपछि हत्तपत्त नयाँ चलचित्र साइन गर्न डराउन थालेका छन्। उनी नयाँ चलचित्रमा काम गर्ने कुरामा निकै नै सजग देखिन थालेका छन्। हालै भारतीय मिडियाले दिएको जानकारी अनुसार उनी नयाँ चलचित्रमा काम गर्न लागेका छन्।

चलचित्रको बारेमा निर्माण पक्षले हाल बिस्तृत जानकारी नदिएको बताइएको छ। चाडै नै यस बिषयमा घोषणा हुने भारतीय मिडियाले जनाएको छ। चर्चित निर्माता रोहित सेट्टीले निर्माण गर्ने यस अघोषित चलचित्र फराह खानले निर्देशन गर्नेछिन्। यो चलचित्र बलिउडका महानायक अमिताभ बच्चन र हेमा मालिनीको हिट चलचित्र 'सत्ता पे सत्ता' को रिमेक हो। चलचित्रको रिमेकमा नायक साहरुख खान र नायिका कट्रिना कैफ देखिनेछन्। फराहा खान नायक साहरुख खानसँग काम गर्न निकै उत्साहित हुन्छिन्। उनले निर्देशन गरेको शाहरुख अभिनित चलचित्र 'ह्याप्पि न्यू इयर', 'ओम शान्ति ओम', 'मे हु ना' लगायता बलिउडमा सुपर डुपर हिट छन्। चलचित्रको कथालाई लिएर शाहरुख र कट्रिनाको सकारात्मक प्रतिक्रिया रहेको भारतीय मिडियाले बताएको छ।