‘कबड्डी ३’ मा कर्मा र दयाको जोडी उपासना

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

करिब ३ महिनाअघि चलचित्र ‘कबड्डी ३’ को घोषणा गरिएको थियो। घोषणा गरिए पनि चलचित्रका पात्रहरु भने फाइनल भएका थिएनन् । अभिनेता प्रदिप खड्का चलचित्रमा रहने चर्चा समेत चलेको थियो । तर, प्रदिपले ‘कबड्डी ३’ मा आफू उपलब्ध हुन नसक्ने बताएका थिए। अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाका रुपमा निर्माण हुनलागेको ‘कबड्डी ३’ मा अभिनय गर्ने कलाकारहरुको टुंगो लागेको छ । चलचित्रका लागि कलाकार फाइनल गरी कास्टलाई लिएर कार्यशालासमेत सुरु भइसकेको बताइएको छ।

चलचित्रका लागि दयाहाङ राई, कर्म, विल्सनविक्रम राई र बुद्धि तामाङ फाइनल भइसकेका छन्। त्यससँगै फिमेल लिडका लागि ‘क्याप्टेन’ की अभिनेतृ उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ। अभिनेत्री ठकुरी हाल वर्कसपमा व्यस्त छिन्।

चलचित्र मुस्ताङको सेरोफेरोमा केन्द्रित हुने बुझिएको छ । जेठदेखि छायांकनमा जाने भनिएको चलचित्रको छायांकन पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर गर्ने तयारी गरिएको छ। सिनेमा आर्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले बनाउन लागेका हुन् भने कथा तथा निर्देशन पनि गुरुङको नै रहनेछ।