‘बीर विक्रम २’को भव्य प्रिमियर सम्पन्न

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

चलचित्र ‘बीर बिक्रम २’को ग्राण्ड प्रिमियर ब्यान्ड बाजा बजाएर सम्पन्न गरिएको छ। अहिलेसम्मको फरक शैलीमा गरिएको प्रिमियरमा चलचित्रर्मीको बाक्लो उपस्थिति रहेको थियो। पर्पल कार्पेटमा सम्पन्न भएको प्रिमियरलाई ‘रोयल प्रिमियर’ नाम दिइएको थियो। प्रिमियरमा कलाकारहरुदेखि प्राविधिकहरुलाई सम्मान प्रदान गरिएको थियो । आफू निर्देशित हरेक चलचित्रका हरेक इभेनटमा नौलोपन अपनाउँदै आएका मिलन चाम्सले सम्मानकैलागि पर्पल कार्पेट प्रिमियर आयोजना गरिएको बताए।

भव्य प्रिमियरमा भुवन केसी, शिव श्रेष्ठ, सन्दीप क्षेत्री, पूजा शर्मा, प्रमोद खरेल अनु शाह, लगायतका कलाकारको उपस्थिति रहेको थियो । ब्यान्ड बाजा चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको प्रिमियरमा चलचित्रको मुख्य कलाकारको उपस्थितले सबैको ध्यान केन्द्रित गरेको थियो। पिङ्क गाउनमा उपस्थित भएकी अभिनेत्री वर्षा सिवाकोटी निकै आर्कषित देखिएकी थिइन् । उनी अरुको तुलनामा सबैभन्दा बढी क्यामरामा कैद भएकी थिइन्। नाजिर हुसेन, पल शाह र  बुद्दि तामाङ सुटमा निकै फिट देखिएका थिए।

चलचित्र सम्पन्न भएपछि उपस्थिति धरैजसो चलचित्रर्मीले चलचित्र पुरै मनोरञ्जनात्मक र सबैको अभिनय राम्रो भन्दै प्रतिक्रिया दिए । सकारात्मक प्रतिक्रिया बटुलेकोमा निर्मण टिम निकै हर्षित देखिएका थिए ।चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्र जेठ ३ मा सार्वजनिक प्रदर्शनमा आउनेछ । चलचित्रमा मुख्य भूमिकामा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ, वर्षा सिवाकोटी रहेका छन् भने चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ। अर्पण सापकोटा सह निर्माता रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।