‘जात्रै जात्रा’लाई मल्टिप्लेक्समा उच्च शो,गर्ला त सुखद ब्यापार?

...

<pre style="line-height: 1.42857; text-align: justify;"><b>आर्टिष्ट खबर/जेठ काठमाडौं </b><br></pre><p style="text-align: justify; ">जेठ ३ अर्थात भोली शुक्रबार सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रै जात्रा’ले मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको छ। काठमाडौं भित्र र बाहिरका मल्टीप्लेक्स‘जात्रै जात्रा’ बुधबार साँझबाट चलचित्र बुकिङ खुल्ला गरिएको छ। देशभरका अधिकांश मल्टीप्लेक्सहरुमा चलचित्रले पाएको शोज देख्दा चलचित्रले&nbsp;आक्रामक&nbsp; ब्यापार गर्ने अनुमान गर्न सकिन्छ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रले काठमाण्डौको सिभिलमा ४, कुमारी हलमा ४, जय नेपाल हलमा ४ र छाया सेन्टरमा ३ शोज र बीग मुभिजमा ४ शो पाएको छ। मोफसलतर्फ भने चितवनको हलमा ३ ,नेपालगन्जको बाग्गेश्वरी हलमा ३ विर्तामोडको हलमा ३ शोज पाएको छ भने पोखराको सिनेप्लेक्स हलमा ४ शोज पाएको छ । क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिएको छ ।</p><p style="text-align: justify; ">त्यसैगरी भोली शुक्रबारबाटै सार्वजनिक प्रर्दशनमा आउने अर्को चलचित्र ‘बीर विक्रम २’ ले पनि मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ।&nbsp; राजधानीको ५ स्टेशनमा क्यूएफएक्स चेनले चलचित्रलाई १२ शोज दिएको छ भने अन्य मल्टीप्लेक्सहरुले चलचित्रलाई राम्रो शोज प्रदान गरेको छ ।&nbsp;</p>