‘सरौतो’को पोष्टरसँगै प्रदर्शन मिति सार्वजनिक

आर्टिष्ट खबर/जेठ काठमाडौं

एक्शन जनराको चलचित्र ‘सरौतो’ आउँदो असोज ३ गतेबाट प्रदर्शन हुने भएको छ । यसका साथै चलचित्रको पोष्टर पनि सार्वजनिक गरिएको छ । जसमा चलचित्रकी अभिनेत्री सुमी मोक्तानलाई एक्शन अवतारमा देख्न सकिन्छ । जहाँ अन्य कलाकारहरुपनि सँगै छन् ।

सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गरेको यो चलचित्र राम्रो बताउन आफूले निकै मिहिनत गरेको निर्देशक हरी बताउँछन् । ‘लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ ।’ हरि भन्छन्, ‘आशा छ दर्शकलाई मन पर्छ ।’ विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स् स्टुडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।

चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ ।