‘नभेटेकै जाति हुन्थ्यो’ बाट रचनाको डेब्यु

...

Rachana singh - singerमंसिर १०, काठमाडौं ।  गितसंगितमा रुचि राख्दै आएकी रचना सिंहले ‘नभेटेकै जाति हुन्थ्यो’ आधुनिक बाट गितसंगित क्षेत्रमा प्रवेश गरेकी छिन् । गितसंगित सानै देखि धेरै सुन्न मन पराउने र गाउनका लागि पनि धेरै रुचि राख्ने रचनाले धेरै लामो समयपछि आफ्नो सपना पुरा भएको बताउँछिन् । “गितसंगितको क्षेत्रमा आएर केहि गरौं भन्ने सानैदेखिको सोख थियो आज पुरा हुँदैछ आशा छ राम्रो राम्रो गित दर्शक तथा स्रोतालाई दिन सक्छु”, रचनाले आर्टिस्ट खबरसँग भनिन् ।

काठमाडौंको थापागाउँस्थित प्रज्ञा साउण्डमा पुग्दा रचनाले एकल आवाजको आधुनिक गितको रेकर्डिङ गरीरहेकी थिइन् । पहिलो पटक रेकर्डिङ स्टुडियोमा गित रेकर्ड गराउँदा केहि अप्ठ्यारो महसुस भएको बताउने रचनाले लामो समयदेखि केहि गर्छु भन्दै आजको दिनसम्म आएकोले खासै समस्या नभएको पनि बताइन् । साथै गितमा साथदिनुहुने संगितकार सनम पुरुषको सहयोगले पनि आफुलाई गित गाउन अझ सहज भएको बताउँछिन् ।
rachana sigh, shanam purush‘नभेटेकै जाति हुन्थ्यो’ बोलको गितमा देव विरहीले शब्द भरेका छन् । त्यस्तै संगितकार सनम पुरुषले लय तथा संगित भरेका छन् । गितको बारेमा बोल्दै संगितकार सनमले सांगितिक रसमा रहेको सामाजिक यर्थाथवादी गित भएकाे बताउँछन् । गितको रेर्कडिङको काम भईरहेको र केहि सातामै गित बजारमा आउने उनले बताए ।