दोहोरी गीतमा केकी

आर्टिष्ट खबर/ जेठ, काठमाडौँ ।

पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीतमा पनि चलचित्रका कलाकारहरुको मोह बढ्दो देखिन्छ । केहिसमय अघिसम्म लोकदोहोरी गीतमा मोडलिङका लागी आएका अफर इन्कार गर्दै आएका चलचित्रका कलाकारहरु अहिले दोहोरीका गीतमा मोडलिङ गर्न इच्छा देखाउन थालेका छन् ।

लोकदोहोरीका गीतले पनि चलचित्रका जस्तै गरी युट्युव तथा अन्य सामाजिक सञ्जालहरुमा करोड बढी भ्युज पाउन थालेपछि कलाकारहरुको मोह त्यसतर्फ केन्द्रित भएको हो । ‘सालको पात टपरी’ बोलको लोक तथा दोहोरी गीतले उच्च सफलता पाएपछि दोहोरी गीत तर्फको मोह मोडल देखी अन्य गायिका तथा गायिकाहरुमा पनि देखिएको छ । त्यस्तै शैलीका अन्य केहि गीत पनि बजारमा आएको देखिन्छ ।

यसैबिच चलचित्रकी ब्यस्त नायिका केकी अधिकारीले पनि ‘फल मिठो’बोलको दोहोरी गीतमा मोडलिङ गरेकी छिन् । दोहोरी गीतको भिडियोमा अभिनय नगर्ने बताउने केकीले रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको उक्त गीतमा डि.एन. जोशीको शब्द रचना रहेको छ । गीतमा संगीत राजेश बर्देवाको रहेको छ ।

गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा नायिका केकीसँगै रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ । करन चैंसिरले छायांकन गरेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । यस गीतको भिडियो सार्वजनिक कार्यक्रमा लोक दोहोरि प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी, समाजसेवी तथा संगीतप्रेमी पृथ्वी थकाली, शर्मिला तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै  प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले गायक संगीतकार तथा एरेन्जर राजेश बर्देवाको प्रशंशा गरेका थिए ।

video: