कान्समा नेपालबाट प्रियंका कार्की जाँदै

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

‘कान्स फिल्म फेस्टिबल’ को ७२ औ संस्करण फ्रान्समा सुरु भएको छ । विश्वभरका सेलिब्रेटीको उपस्थिति रहने उक्त फिल्म फेस्टिभलमा नेपालको अहिलेसम्म उपस्थिति भएको छैन । ७२ औ बर्षमा आएर ‘कान्स’ को लागी नेपाल ब्राण्ड एम्बासेडरको रुपमा अभिनेत्री प्रियंका कार्की छानिएकी छिन् ।

विश्वका उत्कृष्ट तीन फिल्म फेस्टिबलमा गनिने ‘कान्स’ मा प्रियंका नेपालबाट सहभागी हुने पहिलो अभिनेत्री हुन् । फेस्टिबलको रेड कार्पेटमा प्रियंका मे २० मा सहभागी हुनेछिन् । यसका लागि आइतबार प्रियंका फ्रान्स जादैछिन् । ‘कान्स’ मा सहभागी हुन् आयोजकबाट निम्ता आउनुपर्ने नियम रहेको छ । निकै लामो प्रोसेस पछि प्रियंका ‘कान्स’ मा सहभागी हुन् लागेकी हुन् ।

यसका साथै नायिका प्रियंकाले आफू जान पाउदा निकै उत्साहित रहेको बताएकी छिन् । उनले भनेकी छिन् ‘सम्रग नेपाल र नेपालीको प्रतिनिधित्व गरेर त्यहाँ उपस्थित हुदैछु । पहिलोपटकको नेपालीको सहभागीतलाई सार्थक बनाउन मेरो कोसिस पूर्ण रहनेछ ।’