निर्देशक दीपाले बाँडिन ‘खुशीले भरिएको झोला’

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

हरेक वर्ष मे १७ मा ‘आर्ट अफ गिभिङ्ग दिवस’ विश्वभर मनाइन्छ । उक्त दिवस नेपालमा पनि मनाईएको छ । चलचित्र निर्देशक दीपा बस्नेतको संयोजकत्वमा तारकेश्वर नगरपालिका गोलढुगांमा रहेको ‘मातृ नेपाल अपांग संघ’द्वारा संचालित बालगृहमा सम्पन्न कार्यक्रममा त्यहाँ आश्रीतहरुलाई खाद्यान्न, स्टेशनरी लगायत सामाग्री प्रदान गरिएको थियो । यो पटक बालबालीकाहरुलाई ‘खुशीले भरिएको झोला’ भन्ने थिम राख्दै स्कुल झोला पनि वितरण गरिएको हो ।

संसारमै सबैभन्दा ठुलो निःशुल्क आदिवासी आवासीय विद्यालय भनेर चिनिएको भारतको ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’को सहयोगार्थ नेपालमा मनाइएको उक्त कार्यक्रममा किसकी नेपाल प्रतिनिधी निर्देशक दिपासँगै व्यावसायि शैलेन्द्र तुलाधरले सहजिकरण गरेका थिए । ‘मातृ नेपाल अपांग गृह’मा ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स’ले विगत ३ वर्ष यता खाद्यान्नमा सहयोग गर्दै आएको छ। कार्यक्रममा ‘मातृ नेपाल अपांग संघ’ले ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स ९किस०’ले गर्दै आएको सहयोगको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको थियो ।

चलचित्र 'अन्तराल'र 'श्री ५ अम्बरे'को निर्देशन गरेकी बस्नेत केहि वर्षदेखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । आफ्ना चलचित्रहरुमा पनि सामाजीक विषयवस्तु उठान गर्दै आएकी दिपा भन्छिन्, “हामीले सकेसम्म अरुलाई सहयोग गर्नुपर्दछ । आम्दानीको केही हिस्सा मात्र पनि सामाजीक कार्यमा लगाउन सके त्यो भन्दा पुण्यको काम केही हुँदैन ।”‘आर्ट अफ गिभिङ्ग’ दर्शनका प्रतिपादक डा।अच्युत सामन्त हुन् । यो दिनमा विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन गराइँदै आइएको छ ।