बिदेशमा नेपाल बाजा चिनाउँदै प्रताप

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

बिगत तीन दशक देखी नेपाली बाजा बजाएरै देश तथा बिदेशमा पुग्ने गरेका प्रताप केसी अहिले फेरी युरोप टुरमा निस्किएका छन् । नेपाल बाजाहरुका धुनलाई बिदेशसम्म फैलाउने उदेश्यले प्रतापले बर्षमा ६ महिना बढी बिदेश टुरमा निस्किने गरेको बताउँछन् । गएको शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भेटिएका प्रताप ३५ दिने भ्रमणमा निस्किएको बताए । आउँदो जुन ५ तारिखमा फ्रान्स, त्यसैगरी १० देखी १५ तारिखमा स्विजरल्याण्ड र १५ देखी २२ तारिखसम्म जर्मनी र स्पेनमा कार्यक्रम रहेको प्रतापले बताए । प्रतापले बिशेष गरी बाँसुरी बजाउने गर्छन् ।

अहिले प्रतापसँगै अनिल धिताल (सितार), धन बहादुर गुरुङ (सनई) र प्रसन्न श्रेष्ठ (तबला) भ्रमणमा छन् । प्रताले बिगत लामो समयदेखी बिदेशी नागरिकलाई नेपाली धुन चिनाउन आफ्नो ब्याण्डबाट भूमिका खेल्दै आएको बताए । उनले बिगत एक देशक देखी ‘प्राना मुन्डी’ ब्याण्ड मार्फत बिभिन्न देश तथा बिदेशमा नेपाली बाजाहरुका धुन सुनाउँदै आएका छन् ।

‘बिदेशमा नेपाली धुनहरु सुन्न रुचाउने धेरै भेटिन्छन्, नेपालको मौलिक धुनमा धेरैको चासो छ । बिशेष गरी युरोपका देशहरुमा हामीलाई निमन्त्रणा गर्नहुन्छ ।’ प्रताप भन्छन् । ‘हामीले बिशेष गरी बाँसुरी, सनई, तबला, सितार जस्ता बाजालाई प्रबद्र्धन गरिरहेका छौं ।’