अडियन्सले मनपराएनन् सलमान र अलियाको जोडी

मुम्बई (एजेन्सी) ।

बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री आलिया भट्ट पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्दैछन् । उनीहरुले चलचित्र ‘इन्शाअल्ला’मा एकसाथ काम गर्दैछन् । संजयलीला भन्सालीको निर्देशनमा बन्ने उक्त चलचित्रको घोषणा हुदै गर्दा देखिनै आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो ।

तर अडियन्सले यो जोडीलाई पटक्कै मनपराएका छैनन् । कारण हो उनीहरुको उमेरको अन्तर। आलिया भन्दा सलमान निकै उमेर खाएका देखिएका कारण उनीहरुको जोडीलाई लिएर धेरैले टिक्का टिप्पणी गरिरहेका छन् । तर चलचित्र निर्माण टिमले भने कथाले यस्तै जोडी मागेको र यो जोडी कथाबस्तु अनुसार निकै सुहाएको बताएका छन्।

केही समय अघि चलचित्रको घोषणा गर्दै गर्दा सलमानले खुद आफ्नो जोडी आलियासँग नसुहाउने बताएका थिए। उनले आफूसँग आलियाको जोडी सुहाउनको लागि आलियाले तौल बढाउनु पर्ने बताएका थिए। उनले निर्देशक भन्सालीलाई आलियालाई तौल बढाउन भन्न आग्रह गरेपछि भन्सालीले उनको बोली खेर जान नदिइ आलियालाई तौल बढाउन भनेका थिए । हाल आलियाले आफ्नो तौल बढाउदै चलचित्रका लागि तयार भइसकेकी छिन्। अब तौल बढाएपछि मनपराउलान् त अडियन्सले यो जोडी ?