छोटो समयमै कोरियोग्राफिमा जम्दै पेमा लामा

...

Pema lama - choreographer मंसिर १०, काठमाडौं । चार बर्ष अघि इलामको ममाई ७ बाट काठमाडौं आएका पेमा लामा यतिखेर नाच सिकाउनमा ब्यस्त छन् । उच्च शिक्षा हासिल गर्ने र हाँस्य कलाकार बन्छु भनेर काठमाडौं छिरेको तर आफु कोरियोग्राफर भएको उनी बताउँछन् । सानै देखि एक्टिङमा रुचि र सँग सँगै डान्समा पनि रुचि राख्ने पेमाले इलाम सदरमुकाममा करिब पाँच बर्ष अघि नै नाच सिकेका थिए । २४ बर्षिय पेमा लामा जब काठमाडौं आए त्यसपश्चात एकाएक लकले साथ दिएको र सँगै आफ्नो मेहनतको फल मिलेको पनि बताउँछन् ।

काठमाडौं आएपछि पहिलो पटक राष्ट्रिय सभागृहमा आफ्नो डान्स देखाउन पाएको र त्यहि डान्सले नै आज यो स्थान सम्म आफुलाई आउन सघाएको पेमाले बताए । महानायक राजेश हमाल अभिनित माटो फिल्मको च्यारिटी शो कार्यक्रममा आफ्नो नाच देखेपछि धेरैको प्रशंशा पाएको र कोरियोग्राफर दिनेश लिम्बुले आफुलाई आजको स्थान सम्म पु¥याउन ठुलो मद्दत गर्नुभएको उनको भनाई छ । “दिनेश सरले त्यो बेलामा मलाई फोन गरेर बोलाउनु भो र सँगै काम गरौं भन्नु भो त्यो क्षण मेरो लागि निकै ठुलो खुसीको क्षण थियो”, उनले भने ।

बिगत २ बर्ष देखि आफु एक्लैले सातदोबाटोमा न्यु कलिउड डान्स सेन्टर चलाउँदै आएका पेमाले पछिल्लो दुई बर्ष यता एक दर्जन म्युजीक भिडियो र आधा दर्जन फिल्ममा कोरियोग्राफि गरीसकेका छन् । उनले आहिले सम्म २ वटा लिम्बु भाषाको फिल्म, ४ वटा थारुभाषाको फिल्ममा कोरियोग्राफि गरीसकेका छन् । छोटो समयमै धेरै काम गर्न पाएको र आफुले कोरियोग्राफि गरेका गितहरु धेरै आउन बाँकी रहेको उनले बताए । आफुले निर्देशन गरेका पछिल्ला केहि फिल्मको नाम लिन पर्दा ‘भर्जिन’ फिल्म र ‘तँम र उ’ र ‘यो पागल मन’ लाई लिन्छन् ।
Pema lama - choreographer भर्जिन फिल्ममा समावेश आईटम गितमा कल्पना साही, मुकेश आचार्य, चन्दा दाहाल लगायतको अभिनय रहेको छ । त्यस्तै स्रद्धा फिल्म प्रा.ली द्धारा आउने तयारीमा रहको फिल्म ‘तँम र उ’ मा समावेश ५ वटै गितमा उनले कोरियोग्राफि गरेका छन् । जसमा नायिका निता ढुंगाना, आमेश भण्डारी, सुदिन प्रसाई लयागतको अभिनय रहेको छ । साथै करिब ८० लाखको बजेटमा तयार भएको गोपिकृष्ण मुभिजको ब्यानरको फिल्म यो पागल मनमा समावेश गितमा पनि उनले कोरियोग्राफि गरेका छन् । जसमा नायिका रिचा सिंह ठकुरी, बिनोद लगायतको अभिनय रहेको छ । जुनफिल्मलाई कल्याण घिमिरेले निर्देशन गरेका हुन् । यस फिल्म पनि आउनेक्रममा छ ।

साथैदेखि अभिनय कलामा रुचि राखेका पेमाले आफुलाई कमेडी साह्रैनै मन पर्ने र कमेडी कलाकार बन्ने उद्देश्य बोकेको बताउँछन् । “पछि कोरियोग्राफर बनियो अब कमेडी बिधा र कोरियोग्राफिलाई सँगसँगै अगाडि बढाउँछ”, उनले भने । साथै उनले राम्रो कोरियोग्राफर बन्न धेरै मेहनत गर्नुपर्ने सन्देश दिन चाहान्छन् । आफुले सिकेर मात्र राम्रो कोरियोग्राफर बन्न नसकिने र आफुमा नयाँ क्रियशन पनि हुनुपर्ने उनको भनाई थियो ।