छोरी आराध्याको साथमा रेड कार्पेटमा एश्वर्या

मुम्बई (एजेन्सी) ।

बिश्वकी सुन्दरी अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो लुक्स र पहिरनका कारण निकै चर्चामा आउने गर्छिन् । ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा पुगेकी उनले फेरी सबैको नजर आफूतिर केन्द्रित बनाएकी छिन् । यस पटक उनी ‘कान्स फिल्म फेस्टिभल’मा १८ औँ पटक रेड कार्पेटमा प्रस्तुत भएकी हुन् । यस अघि कान्समा आफ्नो छाप छोड्दै आएकी उनले यसपटक भने आफू र छोरी आराध्याको समेत छाप छोड्न सफल भएकी छिन् ।

उनी ७२ औं कान्स फिल्म फेस्टिभलमा गोल्डन पहिरनमा ७ वर्षकी छोरी आराध्यालाई लिएर रेड कार्पेटमा पुगेकी थिइन्। रेर्ड कार्पेट सहित कान्समा सहभागी भएको केहि फोटो बाहिरिएको छ । आराध्याले पहेलो रंगको कपडा लगाएकी थिइन्। ऐश्वर्या सेतो पहिरन लगाएर पनि रेर्ड कार्पेटमा उत्रीएकी थिइन् । उनको हरेक पहिरन र उनको लुक्सलाई सबैले मनपराएका थिए । उनले सबैका ध्यान आफूतिर खिचिरहेकी थिइन् ।