दयाहाङद्दारा ‘आप्पा स्टोरी च्यालेन्ज’ घोषणा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अहिले चलचित्र निर्माताहरुले चलचित्र प्रचारप्रसारकालागि अनेकौँ तरिका अपनाउने गर्छन। बक्सअफिसमा चलचित्रको ठुलो प्रतिस्पर्धा हुने भएकाले निर्माता प्रचार कसरी गर्ने र कसरी दर्शकलाई प्रभावित बनाउने भन्ने बिषयमा चनाखो रहने गर्छन् । बर्षमा करिब सय चलचित्र प्रर्दशनमा आउँने भएकाले बक्सअफिसमा प्रतिस्पर्धा हुनेगर्छ । त्यसैगरी असार १३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आप्पा’ले प्रचारको नयाँ योजना तयार पारेको छ । चलचित्रका मुख्य पात्र अभिनेता दयाहाङ राईले भिडियो मार्फत सार्वजनिक गरिएको ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा जानकारी दिएका छन् । बाबु-छोराको सम्बन्धको कथा बोल्ने यस चलचित्रमा दयाहाङले आप्पा (बुवा) को भूमिका निर्वाह गरेका छन्। 'आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र, त्यस पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ ।

त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा(आप्पा)सँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ । फोटोमा जस्तै ३ जना साथि र ‘आप्पा’ सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा बताउनु पर्नेछ । च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी प्रेरणादायिक हुन्छ, त्यसलाई विजेता घोषित गरिनेछ । फोटोस्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ सिनेमा प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन् भने, भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई ओटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।

चलचित्र अनमोल गुरुङले निर्देशन गरेका हुन् ।बाबु छोराको सम्बन्धलाई लिएर बनाइएको यो चलचित्र अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो। रुदेन सादा लेप्चाको लगानी रहेको ‘आप्पा’मा दयाहाङका अलावा अल्लोना काबो लेप्चा,सिद्धान्त राज तामाङ, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ। निर्देशक अनमोल गुरुङकै कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको चलचित्रमा अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डि। कार्कीको छायांकन रहेको छ।