‘कप्स’ को अफिसियल पोष्टर सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र ’कप्स’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । आगामी जेठ १७ गतेबाट देशव्यापी सिनेमा हलमा प्रर्दशन हुने चलचित्रको दुई ओटा पोष्टर सार्वजनिक भएको हो । जस मध्य सिक्स सिटर पोष्टरमा चलचित्रका चार मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् । जसमा अनुप डिएसपीको रुपमा र संदीपा घाईते युवतीको रुपमा छन् । अर्को थर्टी बाई फोर्टीको पोष्टरमा अनुप, सन्दिपा, अमित, रामराज क्षत्री र सम्राट शाक्य छन् । यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

एक्शन तथा लभस्टोरी कथा मिश्रित चलचित्र कप्समा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । यस चलचित्रमा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्धको कथामा केन्द्रित छ । अग्रज कलाकार सम्राट सापकोटाको निर्देशनसँगै लेखन रहेको छ । यो उनको यो डेब्यु निर्देशन चलचित्र हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् ।

राम शाक्यले निर्माण गरेको चलचित्र आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको चलचित्र अनुपसँगै सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।