‘ब्रेकअप’पछि ‘बैमानी बैमानी’मा नीता र आमेशको जोडी (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नायिका निता ढुंगाना र नायक आमेश भण्डारी पूर्वप्रेमि प्रेमिका हुन् । एक समय यी दुईको प्रेमचर्चा निकै सुनिन्थ्यो । यी दुईले पनि आफूहरु प्रेममा रहेको स्विकार्दै आएका थिए । तर पछिल्लो तीनबर्ष यता यी दुईको ‘ब्रेकअप’ भइसकेको छ । ‘ब्रेकअप’ पछि आ–आफ्नो तरिकाले काम गरिरहेको यो जोडीले लामो समय पछि एउटै भिडियोमा काम गरेका छन् ।

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा नीता र आमेश जोडी बनेका हुन् । भिडियोमा अभिनय गरेसँगै आमेश र नीताको प्याचअप (पुनर्मिलन) भएको खबरहरु पनि बाहिरिएका थिए । यद्यपी उनिहरु भने अहिले आफुहरु मिल्ने साथी भएको बताउँछन् ।

नायक भण्डारी आँफै गायक समेत हुन् । उनले यसअघि आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएका थिए । नीताले अभिनय गर्ने भएपछि गीत पनि राम्रो भएको कारण पहिलो पटक अरुको गीतमा अभिनय गरेको उनले बताए । यसबाट नीता र आमेशबीच पुनः सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ । मिलन सुर्खेतीको संगीत रहेको यस गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियो बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

song: