प्रकाश सपूतको ‘गलबन्दी’मा के छ ?

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपाली संस्कृति र लोकपन नमर्ने गरी लोकगीतमा फरकपन ल्याउनुपर्छ भन्ने सर्जक हुन् प्रकाश सपूत । उनले आफूले सिर्जना गरेका सबैजसो गीत अहिले चलेका गीत भन्दा फरक हुन्छन् । उनले संगीत तथा भिडियो मेकिङमा बिशेष ध्यान दिने गर्छन् । दर्शकको मन कुन तरिकाको गीत निकाल्दा छुन्छ भन्ने उनमा राम्रो ज्ञान छ ।

एकबर्ष अघि प्रकाशले निर्माण गरेको ‘बोलमाया’ बोलको लोक गीतले नेपाली लोकगीतको क्षेत्रमा छलाङ नै पा¥यो । १ करोड ७६ लाख (आजको मितिसम्म) दर्शकले युट्युवमा हेरिसकेका छन् । उक्त गीत सार्वजनिक भएको एकबर्ष पुग्दा प्रकाशले अर्को गीत सार्वजनिक गर्दैछन् । आज जेठ ११ गते प्रकाशले ‘गलबन्दी’बोलको अर्को लोकगीत सार्वजनिक गर्ने बताएका छन् । ‘बोलमाया’कै टिम यस गीतमा रहेको छ । ‘बोलमाया’ भने गएको जेठ ३ गते बिहीबार सार्वजनिक भएको थियो । प्रकाशले रिलिज पूर्वनै दर्शकलाई आजको मितिमा गीत रिलिज हुने जानकारी गराइसकेकाले आज जसरी पनि गीत रिलिज गर्ने तयारीमा कस्सिएको बताएका छन् । उनले रातको १२ बजेसम्म भएपनि गीत रिलिज गर्ने बताए ।

बोलमायाको अगाडीको भाग गलबन्दी

प्रकाशले ‘गलबन्दी’ लाई ‘बोलमाया’ अगाडीको भाग बताएका छन् । बोलमायामा प्रकाशले एक यूवा बैदेशीक रोजगारीमा गएपछि मृत्यु भएको कथालाई उतारेका थिए । यसगीतमा भने ती यूवा बैदेशीक रोजगारीमा जानुपुर्व उक्त गाउँमा के गरेका थिए भन्ने कुरा हेर्न पाइने प्रकाशको भनाई छ । ‘मैले सामाजिक सञ्जालमा प्रमोशनको क्रममा पनि भनेको छु, यो बोलमायाको अगाडीको भाग हो ।’ प्रकाशले भने । ‘बैदेशीक रोजगारीमा जानुपुर्व भएको कुरा गीतमा हेर्न पाउनुहुन्छ ।’

प्रकाशले 'गलबन्दी'बाट बोलमाया जत्तिकै अपेक्षा भने नगरेको बताए । ‘जुन रुपमा बोलमाया लोकप्रिय भएको थियो त्यो रुपमा त नहोला तर राम्रो गर्ने कोशिस पक्कै गरेका छौं ।’ प्रकाशले भने । यो गीतमा बोल मायाकै टिम अर्थात गायिका शान्तिश्री परियार, मोडल अन्जली अधिकारी पनि छिन् । यो गीत गाउँघरमा बसेर गरिने प्रत्यक्ष दोहोरी हो । जसमा अन्जली र प्रकाशकै अभिनय देख्न पाइनेछ ।