‘जात्रै जात्रा’लाई चार करोड

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

यहि जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले दोस्रो सातासम्म आइपुग्दा पनि हाउसफुलका साथ ब्यापार गरिरहेको छ । चकलेटी नायकहरुले अहिले चलचित्रमा बिश्राम लिएको बेला जात्रै जात्राले नेपाल भरका हलहरुमा सुखद ब्यापार गरिरहेको छ । अहिले नेपाली बक्स अफिसमा यो चलचित्रले आक्रामक ब्यापार गरिरहेको छ ।

प्रदीप भट्टराई निर्देशीत ‘जात्रै जात्रा’ले पहिलो हप्ता घरेलु बजारमा ४ करोडको ब्यापार गर्न सफल भएको बताइएको छ । दोस्रो हप्ता पनि चलचित्रको व्यापारमा गिरावट आएको छैन । चलचित्र हेरिसकेपछि प्रचार गर्ने दर्शक अर्थात माउथ पब्लिसिटीले यो चलचित्रलाई निकै फाइदा पु¥याएको छ । चलचित्रले मल्टीप्लेक्समा गजबको व्यापार गरिरहेका छ । सिंगल पर्दामा पनि मध्यम दर्शक छन् । नेपालको सबैभन्दा ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले विना बिदाको दिन आइतवार पनि १९ सोज उपलब्ध गराएको छ । सोमवारलाई १७ सोज बाँडेको छ । क्यूएफएक्सले आफ्नो स्टेशनमा ‘जात्रै जात्रा’ लाई उपलब्ध गराएकोे कुनै सोजमा दर्शक अभाव भएका छैनन् । अधिकांश सोजमा दर्शक भरिभराउ छन् ।

२ करोडको लागतमा निर्माण भएको यस चलचित्रले घरेलु बजारबाट लगानी सुरक्षित गर्न ५ देखि ६ करोडको आसपासमा व्यापार गर्नुपर्छ, जुन दोस्रो हप्ताको विकेन्डसम्म कमाउने आँकलन छ ।

पहिलो हप्ताको आक्रामक व्यापारलाई चलचित्रले दोस्रो हप्ता पनि निरन्तरता दिएपछि निकै हौसिएको निर्माण टिम अहिले दर्शक भेट्न मौफसल दौडाहामा छ । केही दिन अगाडि पूर्वका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका अभिनेता विपिन कार्की, अभिनेत्री वर्षा राउत, निर्देशक प्रदीप भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बनियाँले शनिवार पोखरा र चितवन पुगेर दर्शकको प्रतिक्रिया बुझेका छन् । ‘जात्रै जात्रा’ मा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगयतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रबाट प्रदीपले सफल निर्देशकको रुपमा ह्याट्रिक पनि गरेका छन् ।   ‘जात्रै जात्रा’ को पहिलो भाग ‘जात्रा’ बाट निर्देशक भट्टराईले फिल्म निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले ‘शत्रु गते’ पनि निर्देशन गरेका थिए ।