‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

आउँदो असार १३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । उक्त चलचित्र ८ वर्ष अघिनै निर्माण भएको थियो । चलचित्रमा अभिनेता यशराज गराचले पृथ्वीनारायणको भूमिका निभाएका छन् । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको कथा साहित्यकार बासु पासाङले लेखेका हुन् । 'भैरवसिंह' नामक उपन्यासमा आधारित चलचित्रमा हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, यशराज,लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अनन्तकुमार श्रेष्ठले निर्माण गरेको चलचित्रको छायांकन गोर्खा, काठमाडौं, भक्तपुर, नुवाकोटलगायतका स्थानमा गरिएको हो । प्रदीप खड्गीले निर्देशन गरेको चलचित्रमा कीर्तिलक्ष्मीको भूमिकामा हिसिला अनुबन्धित छिन् । चलचित्र छायांकनमा शंकर महर्जन र नविन जोशीको हात रहेको छ ।