आर्यन र नम्रताको ‘क्लासिक’को फस्ट लुक सार्वजनिक

...

nepali movie classic first lookमंसिर १०, काठमाडौं । फिल्म क्लासिकको फस्ट लुक सार्वजनिक गरीएको छ । नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म क्लासिकको फस्ट लुक्समा पनि यि दुई पात्र नै पोस्ट भएको देखिन्छ ।

 सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् । आउँदो माघ २ गतेबाट नेपालभर प्रदर्शनमा ल्याउने तयारीमा रहेको यस फिल्म दृष्टिविहिन युवा युवतीको प्रेम कथामा आधारित छ । फिल्मको छायांकन पुर्ण रुपमा अझै सकिएको छैन । अबको केहि दिनमा छायांकन सकिने निर्माण युनिटले जनाएको छ ।
nepali movie classic first lookसांगीतिक लभस्टोरी फिल्ममा आर्यन र नम्रता सँगै प्रज्जवल गिरी, सुशिल काफ्ले, रोमी घिमिरेको मुख्य भूमिका रहेको छ । फिल्ममा राजेश श्रेष्ठको छायांकन रहेको छ भने ताराप्रकाश लिम्बको संगीत रहेको । त्यस्तै सुरेन्द्र पौडेलले फिल्मको सम्पादन गरिरहेका छन् । छेतन गुरुङको लेखन रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध तथा रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ ।

nepali movie classic first look