३८ दिनमा सकियो ‘घामट शेरे’को छायांकन

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

रियल जोडी कलाकार एवम निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमाको प्रमुख भूमिका रहेको चलचित्र ‘घामट शेरे’को  छायांकन सम्पन्न भएको छ । करिब ३७-३८ दिन अघि चलचित्र टिम छायांकनका लागि सुर्खेत पुगेका थिए । हाल टिम छायांकन सम्पन्न गरी काठमाडौँ फर्किसकेका छन् । चलचित्र रोमान्स र कमेडीको सम्मीश्ररणमा निर्माण भएको चलचित्र टिमले बताएको छ ।

पहिलो पटक स्वस्तिमा र निश्चलको फ्यानहरुले उनीहरुलाई पूरा चलचित्रमा एकसाथ देख्न पाउने भएका छन् । यि रियल जोडीले बिभिन्न म्युजिक भिडियो र चलचित्रको गीतमा भने एकसाथ अभिनय गरिसकेका छन् । चलचित्रमा भने पहिलो पटक उनीहरुले स्क्रिन सेयर गर्दैछन् ।

हेमराज विसीले निर्देशन गरेको घामट शेरे’को हाल सम्म सार्वजनिक भएका फोटोहरुलाई निहाल्ने हो भने चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान-श्रीमतीको भूमिकामा छन् । स्रोतका अनुसार यस चलचित्रको लागि निश्चलले मात्र २५ लाख पारिश्रमिक लिएको चर्चा छ । बुझिए अनुसार स्वस्तिमाले पनि राम्रै पारिश्रमिक लिएकी छिन् । विसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निश्चल र स्वस्तिमा सँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । आउँदो असोज ३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने 'घामट शेरे' नरेन्द्र मैनालीले खिचेका हुन्।