रंगशालाको बारमा डोजर चलाउने कँडेल निलम्बित

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेसँगै उनलाई कारवाही गरिएको छ। नाईके कँडेल सहित १६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

पार्टीको सदस्य रहेका कँडेललाई सदस्यताबाट निलम्वन गरिएको विज्ञप्तीमा उल्लेख छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जारी गरेको विज्ञप्तीमा कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाइएको छ । विज्ञप्तीमा लेखिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’

नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग पनि गरेको छ । यस्ता घटनाबाट विचलित नभएर निर्माणको काममा अघि बढ्न नेकपा चितवनले विज्ञप्ती मार्फत धुर्मुस सुन्तली फाउण्डेशनलाई आग्रह गरेको छ । फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कार्य स्थगित गरेको छ । सो बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए । अहिले सो क्षेत्रमा ७ मिटर फराकिलो सडक छ ।

काम नरोक्न स्थानिय प्रशासनको आग्रह

धुर्मुस सुन्तली फाउण्डेशनलाई रंगशाला निर्माणको काम एक सेकेण्ड पनि नरोक्न चितवनका राजनैतिक दल र स्थानिय प्रशासनले आग्रह गरेको छ । बिहीबार भरतपुर महानगरमा भएको सर्वपक्षिय छलफलका क्रममा घटनामा संलग्नलाई कानुन अनुसार कडा कारवाही गर्नुपर्ने तर धुर्मुस सुन्तली फाउन्डेसनले काम छाड्न नहुने सुझाव दिएका छन् हुन् । छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिले मुलुक आर्थिक सम्वृद्धिको दिशामा अगाडि वढीरहेकोले विकासका परियोजनामा हुने यस खालका अवरोध गर्नेहरुलाई पाटीको संरक्षण नहुने प्रतिवद्धता जनाए ।

प्रदेशसभा सांसद विजय सुवेदीले निस्वार्थ काम गर्ने जुनसुकै क्षेत्रमा यस्ता अराजक गतिविधि मौलाएको बताए । उनले काम नगर्ने तर अपराधिक मानसिकताबाट गुण्डागर्दी गर्ने प्रवृत्ती मौलाएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए ।

कारवाही गरेरै छाड्छुः सिडिओ

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले क्रिकेट रंगशालामा डोजर लगाएर बार भत्काउनेलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।  सर्वपक्षिय छलफलमा प्रजिअ बस्नेतले घटना घटाउने दोषिले उन्मुक्ती नपाउने बताए। ‘जागिर नै किन नजाओस, सरुवानै हुन किन नपरोस, बढुवा रोकियोस तर कारवाही गरेरै छाड्छौं ।’ बस्नेतले भनेका छन् । उनले घटनामा संलग्न मुख्य ब्यक्ति पक्राउ परेको र अन्य दोषिलाई पनि छिट्टै नियन्त्रणमा लिइने जानकारी दिए। उनले रंगशालमा आवश्यक सुरक्षाको व्यवस्था गर्न नसकेको स्वीकार गर्दै सूचना आदानप्रदानमा कमि भएका कारण घटना भएको बताए । उनले धुर्मुस सुन्तली फाउण्डेशनलाई मनोबल कमजोर नबनाउन र एक सेकेण्ड पनि काम नरोक्न उनको आग्रह छ । प्रजिअ बस्नेतले धुर्मुस सुन्तली र फाउण्डेशनलाई आजैका दिनदेखि आवश्यक सुरक्षा प्रदान गरिने बताए ।

विवेकशील पार्टीद्धारा कारवाहीको माग

साझा विवेकशील पार्टी चितवले क्रिकेट रंगशालाको बार भत्काउनेलाई कारबाही गर्न  माग गरेको छ । साझा विवेकशील पार्टी चितवनका संयोजक भूपेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा रंगशाला निर्माणस्थलमा गरिएको जस्ताको बारबेर भत्काइएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।

रंगशाला निर्माण समूह र स्थानीय बासिन्दाबीच रहेको बाटोको विवाद संवादबाट हल नगरी राजनीतिक शक्तिको आडमा तोडफोडमा उत्रिनु गलत भएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी विज्ञप्तिमा महानगरपालिकाले सुरक्षाको ब्यवस्था गर्न नसकेको आरोप पनि लगाइएको छ । रंगशालामा भएको अराजक कार्यले समग्र चितवनवासीको शीर झुकेको पार्टीले जनाएको छ ।

त्यसैगरी विज्ञप्तिमा साझा विवेकशील पार्टी चितवन तोडफोडमा संलग्नमाथि कारबाहीको माग पनि गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘कृपया एउटा घटनाले सधैँलाई मन नदुखाउनुहोला । किनकी यस्तो उग्रता समग्र चितवनवासीको साझा चरित्र हुँदै होइन ।’

नेपाली काँग्रेस चितवनद्धारा कडा कारवाहीको माग

नेपाली काँग्रेस चितवनले क्रिकेट रंगशालाको बार भत्काउनेलाई कडा कारवाहीको माग गरेको छ । जिल्ला सभापति जितनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा  घटनामा संलग्न व्यक्तिहरुलाई अविलम्ब कानूनी कारवाही गर्न सरकार समक्ष माग गरिएको छ । काँग्रेसले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घोर निन्दा र भत्र्सना गरेको छ । काँग्रेसले राष्ट्रिय गौरवका यस्ता निर्माण कार्यमा सदा सहयोग र समर्थन रहने जनाएको छ । सभापति श्रेष्ठले यस घटनामा काँग्रेसका कोही कार्यकर्ता पनि संलग्न नभएको स्पष्ट पार्दै केही अनलाईनमा काँग्रेसको नाम मुछिएकोमा कुनै सत्यता नभएको जनाएका छन् ।

-गोपिकृष्ण चापागाई

source:ehimalayatimes.com