सन्नीले नृत्य गरेको ‘पासवर्ड’को प्रर्दशन मिति फाइनल

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपाली चलचित्र ‘पासवर्ड’ आउँदो भदौ २७ गतेबाट प्रदर्शन हुने भएको छ । बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले आइटम नृत्य गरेको यो चलचित्र नेपाल बाहिर खिचिएको हो । सन्नीले नृत्य गरेको उक्त आइटम गीत यहि जेठको २० गते युट्युवमा रिलिज गरिने निर्देशक सम्राट बस्नेतले बताएका छन् ।

दुई करोड भारतीय रुपैयाँ लिएर सन्नीले यो चलचित्रमा नृत्य गरेको निर्माण टिमले बताएको छ । उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णु देभाले कोरियोग्राफी गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेको गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । चलचित्रमा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् । चलचित्र हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको अभिनय छ ।