पुरुषोत्तम न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

अनुपम म्युजिक पोखराले आयोजना गर्ने ‘अनुपम म्युजिक अवार्ड २०७६’ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ । सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले नेपाली लोकगीतको उत्थानमा महत्वपुर्ण योगदान गरेको भन्दै अवार्ड प्रदान गर्न लागिएको हो । न्यौपानको स्वरमा १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् ।

यस्तै यस वर्षको तीर्थहरि समाजसेवा अवार्ड समाजसेवी विश्वमोहन गौचनलाई प्रदान गरिने भएको छ । एड्स रोग नियन्त्रण सङ्घ, कास्कीलगायत दर्जनौँ सामाजिक संस्थामा रहेर समाजसेवाका क्षेत्रमा गौचनले पु¥याएका योगदानको कदर गर्दै उक्त नगदसहितको अवार्ड प्रदान गरिने बताइएको छ ।

यसै गरी, अनुपम सङ्गीत सम्मान गीतकार सुमन श्रापित र सङ्गीतकार डेनी निरौलालाई प्रदान गरिने भएको छ । निरौलाको सङ्गीतमा ३ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । अवार्ड तथा सम्मानहरु पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा समाजसेवी वीरेन्द्र पालिखे, गायक÷सङ्गीतकार रामभक्त जोजिजू, गीतकार रेशम रचक, प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावीसदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा प्रदान गरिने भएको हो ।सबै अवार्ड तथा सम्मान आगामी जेठ २५ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुनेछ ।