असोज ३ मा तीन चलचित्र प्रर्दशनमा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

सबैजसो निर्माताहरु चाडबाडको मौका छोपेर चलचित्र प्रर्दशन गर्ने दाउमा हुन्छन् । बिदाको बेला पारेर दर्शकहरु चलचित्र हेर्न आउँछन् भन्ने मानसिकता बोकेका निर्माताहरु प्राय दशैँ तिहारमा बढी चलचित्र  प्रर्दशन गर्दै आएका छन् । त्यसैगरी यो बर्ष पनि निर्माताहरु दशैंको छेको परेर धमाधम चलचित्र प्रर्दशन गर्न प्रतिस्पर्धामा उत्रिएका छन् । असोज ३ गतेको मितिलाई बिभिन्न चलचित्र निर्माताहरुले प्रर्दशनको मिति भनेर तोकेका छन् । ‘लभ डायरिज’, ‘सरौतो’ ‘घामद शेरे’ यि तीनै  चलचित्रका निर्माण टिमले एकसाथ असोज ३ गतेलाई आफ्नो प्रर्दशन मिति घोषणा गरीसकेका छन् ।

निर्माण भएको बर्षौ बित्दा पनि प्रर्दशन मिति तोक्न नसकेको चलचित्र चलचित्र ‘लभ डायरिज’ले सबैभन्दा पहिले असोज ३ लाई आफ्नो प्रर्दशन मिति फाइनल गरेको थियो । सौरभ चौधरीले निर्देशन गरेको उक्त चलचित्रमा रुबिना थापा र सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको छ । त्यसपछि सोही मितिमै चलचित्र ‘सरौतो’ टिमले प्रर्दशन मिति फाइनल गरे । हरि हुमागाँइको डेब्यू निर्देशनमा बनेको चलचित्रमा दर्शकले सुमीलाई एक्सन अवतारमा देख्नेछन् ।

त्यसैगरी सोही मितिमै प्रर्दशनमा उत्रिने तयारीमा रहेको चलचित्र ‘घामद शेरे’ अहिले निकै चर्चामा छ । रियल जोडी कलाकार एवम निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमाको प्रमुख भूमिका रहेको यस चलचित्र यिनै पात्रका कारण हाल चर्चामा रहेको हो । दर्शकले यो जोडीलाई पहिलो पटक एकसाथ पुरै चलचित्रमा श्रीमान-श्रीमतीको भूमिकामा देख्न पाउँने भएका छन् । यसैगरी असोज ३ लाई एक पछि अर्को गर्दै चलचित्रका निर्माताले प्रदर्शन मिति तय गरिरहेका छन् । हाल यसलाई  निहाल्दा तिनै निर्माताहरुले जोखिम मोलिरहेको देखिएको छ ।