बक्सअपिसमा ‘पिएम नरेन्द्र मोदी’को न्यून व्यापार

मुम्बई , एजेन्सी ।

गएको साता प्रदर्शनमा आएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक चलचित्र 'पिएम नरेन्द्र मोदी'ले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको छैन । एक हप्तामा चलचित्रले जम्मा १९ करोड २१ लाख मात्र ब्यापार गरेको छ । १२ सय स्क्रिनमा रिलिज भएको चलचित्र दर्शकले खासै रुचाएका छैनन् । मेकर्सले निकै आशा राखेको यस चलचित्रले बदलामा निराशा पैदा गरेको छ । बताइएअनुसार यस चलचित्रलाई हलबाट विस्थापित गर्ने निश्चित भएको छ । कारण हो बलिउड सुपरस्टार सलमान खानको चलचित्र 'भारत' ।  चलचित्र 'भारत' चार जूनमा ईदको अवसरमा प्रर्दशनमा आउँदैछ। ५ हजार बढी स्क्रिनमा रिलिज हुने यस चलचित्र हेर्न दर्शक आतुर देखिएका छन् ।

विवेक ओबेरोय  प्रमुख भूमिकामा रहेको 'पिएम मोदी'मा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा समेटिएको छ।  चलचित्रमा विवेकका अलावा बोमन ईरानी, दर्शन कुमार, वहीदा रहमान, मनोज जोशी र बरखा बिष्ट९सेनगुप्ताको पनि प्रमुख भूमिका छ ।ओमंग कुमारले निर्देशन रहेको चलचित्रमा सुरुमा मोदीको बायोपिकमा पहिला कलाकार परेश रावललाई अफर गरिएको थियो । उनले बिभिन्न कारण बस चलचित्रमा काम गर्न अस्वीकार्य जनाएपछि केही समयका चर्चित अभिनेता बिवेक ओवरायले प्रधानमन्त्री नरेन्द्र मोदी बन्ने मौका पाएका हुन् ।