रेखा थापाले ठगेकी नै हुन् भन्छन् कार्यक्रमका संयोजक (कुराकानी सहित)

...

rekha thapaमंसिर १०, काठमाडौं । नायिका रेखा थापा माथि ठगिको आरोप लागेको छ । एक लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै अभिनेत्री रेखा थापाविरुद्ध खोटाङ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी परेको हो ।

‘सगरमाथा जनसेवा समाज’ले गएको कात्तिक २१ माआयोजना गरेको कार्यक्रमका लागि सम्झौता भएर पनि कार्यक्रममा नगएको र पैसा पहिला नै नगद १ लाख लिएको र फिर्ता गर्न नमानेको भन्दै उनी विरुद्ध उजुरी परेको हो । अभिनेत्री रेखा थापालाई कार्यक्रमको प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरीएको थियो ।
rekha thapa depositeकार्यक्रम संयोजक प्रकाश पुरीसँगको कुराकानीमा रेखाथापाले आफुलाई मात्र होइन सिंगो खोटाङ बासीलाई नै धोका दिएको बताउँछन् । कार्यक्रम संयोजक प्रकाश पुरीसँग आर्टिस्ट खबरले टेलिफोनमा गरेको कुराकानी जस्ताको-तस्तै पढ्नुस् ।

प्रकाश जी अभिनेत्री रेखाथापा खोटाङको कार्यक्रममा आउने भनेर पैसा लिएर पनि नआएको भन्ने कुरा आएको छ नि ? के हो कुरा भन्दिनुस न ।
रेखा जीले खोटाङ बासीलाई नै ठुलो धोका दिनुभएको हो । त्यो मैले निर्धक्क भन्नु पर्छ । हामीले रेखाजीको यो कुरालाई यसरी फ्याल्स गर्न खोजेका थीएनाैं  तर कार्यक्रममा आएउने सम्झौता भएन पनि नगद पैसा दिइसकेपछि भनी नआएको र पछि पैसा फिर्ता गर्नु भनि बारम्बार फोन गर्दा पनि बास्ता नगरेपछि हामीले प्रहरीमा उजुरी गरेका हौं ।

रेखा जीले त पहिला नै आउँदिन भन्नु भएको थियो रे नी ?
हामीले एक महिना अघि नै रेखा जी लाई कार्यक्रमको बारेमा भनेका थियौं र जान्छु पनि भन्नु भएको थियो । जुन कुरा तपाईहरुले भिडियोमा पनि हेर्न सक्नुहुन्छ । रामप्यारी फिल्मको कामको बेला म र अर्को एकजना पत्रकार साथी हुनुहुन्थ्यो दुई जना मिलेर त्यो भिडियो खिचेका हौं । र उहाँले कार्यक्रममा आउँछु भनेर बोलेको कुरा हामीले जिल्लाका सबै रेडियोमा एक महिना अघि देखि बजाएका थियौं । र उहाँलाई हामीले आधा पैसा दिन्छौं पहिला, अनि त्यसपछि कार्यक्रम सकेपछि अरु पैसा दिन्छौं भन्दा पहिला नै चाहिन्छ भनेपछि कार्यक्रम हुनुभन्दा २ दिन अघि नै पैसा डिपोजिट गरेका हौं । उहाँले सबैकुरा भईसकेपछि अघिल्लो दिन आउँदिन भन्नु कत्तिको जायद कुरा हो आफै बुझ्नुस । हामीले कार्यक्रमको दिनमै पनि ११ बजेसम्म भएपनि आउनुस बरु हेलिकप्टरको ब्यवस्था गर्दिन्छौं भन्दा पनि आउन मान्नु भएन ।

रेखा जीले त तपाईलाई पनि चिन्दिन भन्नु हुन्छ त ?
नचिनेको भए मोबाइलमा त्यति धेरै कुरा भएको को सँग त ? अझ अर्को कुरा उहाँको रावण फिल्म लेखेको पनि मैले हो उहाँले मलाई राम्रो सँग चिन्नु हुन्छ । अहिले आएर चिन्दिन भनेर कहाँ हुन्छ । पैसा डिपोजिट गर्ने बेलामा पनि हामीले आईएमई मा पठाईदिन्छौं भन्दा हैन बैंकमा डिपोजिट गर्दिनुस भन्नु भो र हामी बसेको ठाउँमा उहाँले भनेको सिद्धार्थ बैंक थिएन र पछि मेरो गणेश पुरी दाईलाई आईएमई गर्दिएर उहाँले रेखा जीको बैंकमा डिपोजिट गर्दिनु भएको हो ।

कार्यक्रम सकेपछिको कुरामा के भन्नु भो रेखा जीले ?
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउने भनेर प्रचारप्रसार गरीएको मान्छे नहुँदा ३० हजार मानिस निराश देखिएका थिए । कार्यक्रममा आउनु भएका कलाकार दिपकराज गिरीलाई सोध्दा पनि हुन्छ कति मानिस थिए भनेर । कार्यक्रम सेकलगतै हामीले फोन गर्यौं र पैसा फिर्ता गर्न भन्यौं तर उहाँले फोनमा कुरा गर्नै खोज्नु भएन र पछि हामीले सबिर श्रेष्ठलाई पनि भन्यौं, तर उहाँले पनि रेखा बिरुद्ध कसरी मुद्धा हाल्छौ हेरौंला भन्ने जस्तो कुरा गर्नु भो र पछि हामीले उहाँहरुले मान्दै नमानेपछि रेखा थापा बिरुद्ध मुद्धा हालेका छौं ।

रेखा थापा र प्रकाश पुरीसँग भएको म्यासेज कुराकानी
message of rekha thapa and prakash puri