मंसिर ११, काठमाडौं । गीतसंगीत व्यवसायमा लागेका संगीतकर्मीहरुको छाता संगठन संगीत उत्पादक समाज नेपालको पहिलो साधारणसभा शुक्रबार बिहान ११ बजे हुँदैछ । संगठनको अध्यक्ष पदमा विन्ध्यवासिनी म्यूजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले उम्मेदवारी दिँदै आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् ।
अध्यक्षका उम्मेदवार रेग्मीको प्यानलमा उपाध्यक्षमा आशिष म्यूजिकका रामजी प्रसाद पन्त , महासचिवमा पशुपति म्यूजिकका शिव पौडेल, सचिवमा एसियन म्यूजिकका ईश्वर गुरुङ, कोषाध्यक्षमा अम्बिका म्यूजिक रामकुमार शिवाकोटी को उम्मेदवारी रहेको छ । त्यस्तै सदस्यहरुमा गौर्खा चौतारी म्यूजिकका सुनिल लामिछाने, भावना म्यूजिकका घनश्याम अधिकारी ‘विमल’, जनता डिजिटलका शोभाकान्त सापकोटा , बागिना म्यूजिकका सहदेव कोइराला को उम्मेदवारी रहेको छ ।
“रोयल्टीको व्यवस्थापन, व्यवसायी र संस्थाको जीउने आधार – संगीत उत्पादक समाज एउटा महत्वपूर्ण पूर्वाधार” भन्ने मूल नारा लिएर सुवास रेग्मीको प्यानलले उम्मेदवारी दिएको हो ।
साधारणसभा शुक्रबार विहान ११ बजे सामुदायिक भवन घट्टेकुलोमा सम्पन्न हुन गइरहेको छ ।