‘भूल भुलैया’को सिक्वेलमा कार्तिक?

मुम्बई, एजेन्सी ।

बलिउडका अभिनेता कार्तिक आर्यन यतिबेला आफ्नो अभिनयका कारण निकै चर्चामा रहेका छन् । लगातार हिट चलचित्र दिदैँ आएका उनी यतिबेला चलचित्र ‘लभ आज कल २’मा व्यस्त छन् । यस चलचित्रमा कार्तिक अभिनेत्री सारा अली खानसँग जोडी बाँध्दै छन्। बलिउड सिने क्षेत्रमा चर्चा भएअनुसार कार्तिक सारा अली खानसँग प्रेममा रहेका छन् । तर, दुबैले यस बारेहालसम्म केही बोलेका छैनन् ।

आर्यन अभिनित चलचित्र ‘सोनु कि टिटु की स्वीटी’ र ‘लुका छुप्पी’ले बक्सअपिसमा राम्रो ब्यापार गरेपछि उनी निकै चर्चामा आएका हुन्। प्रेमकथामा आधारित ‘लुका छुप्पी’ले अझ उनको डिमाण्ड बढाएको छ । उक्त चलचित्रमा उनले कृति सेननसँग जोडी बाँधेका थिए। चलचित्र निकै हिट भएको थियो। ‘लभ आज कल २’को छायाकंन सकिए लगत्तै उनी मुदस्सर अजिजले निर्देशन गर्ने चलचित्र ‘पति पत्नी और वो’ को छायांकन सुरु गर्दैछन्। उनको जोडी बनेर अनन्या पाण्डे र भूमि पेडनेकर देखिने भएका छन्।

कार्तिक अर्को चलचित्र ‘भूल भुलैया’ को सिक्वेलमा पनि देखिने सम्भावना रहेको छ। निर्माण टिमले चलचित्रकालागि आर्यनलाई फाइनल गरिसकेको छ। ‘भूल भुलैया’ को सिक्वेलको निर्मातासँग भर्खरै भेटघाट गरेका आर्यनलाई चलचित्रको कथा मनगरेको बताएका छन्। हरर कमेडी ‘भूल भुलैया’मा अभिनेत्री विद्या बालनको भूमिका निकै डरलाग्दो र रहस्यमयी थियो ।अभिनेता अक्षय कुमार लिड रोलमा थिए ।