नेहालाई काठमाडौं ल्याउने आयोजक हिरासतमा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

बलिउड गायिका नेहा कक्करले लाइभ कन्सर्ट गरेको शनिबारको कार्यक्रम बिथोलिएको छ । नेहालाई काठमाडौं ल्याउने आयोजक मध्येका एक मोडल दिपक घिमिरे सहित अन्य तीनजनालाई महानगरीय पहरीले प्रक्राउ गरेर हिरासतमा राखेको छ । आफूलाई ‘अन्तर्राष्ट्रिय मोडल’ भनेर चिनाउने दीपकले नै नेहालाई काठमाडौं ल्याएका थिए । कार्यक्रमका लागि उनले क्षमताभन्दा बढी टिकट बिक्री गरेका थिए । कार्यक्रम गर्ने भनिएको ठमेलस्थित एलओडी क्लबको क्षमता २५ सय जनाको थियो । तर, झन्डै दोब्बर बढीबाट टिकट काटेर पैसा उठाएको प्रहरीले जनाएको छ । कार्यक्रम हेर्न पुगेकामध्ये हजारभन्दा बढी गेटबाहिर नै भएपछि अवस्था बिग्रिएको थियो । भित्र जान नपाउनेले त्यहीँ नाराबाजी थालेका थिए । अन्ततः प्रहरीले आयोजकका दीपक घिमिरेसहित तीन जनालाई पक्राउ ग¥यो । टिकेट किनेका हरुले आफ्नो पैसा फिर्ता पाउनुपर्ने माग गरेका छन्।

कार्यक्रममा प्रवेश शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको थियो । टेबुल बुक गरेर बस्नेहरूलाई प्रत्यक टेबुल बुकिङको २ लाख ५० हजार रुपैयाँसम्म लिइएको थियो । प्रहरीका अनुसार आयोजकले टिकट बिक्रीसँग निःशुल्क प्रवेश पास पनि त्यत्तिकै बाँडेकाले हलभन्दा बाहिर करिब आधा दर्शक थिए । ती दर्शकले होहल्लासँगै नारा जुलुस गरेपछि आयोजक टोलीका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

यसरी कार्यक्रम स्थलमा विवाद भएपछि गायिका नेहाले पूरा गीत प्रस्तुत गरिनन् । उनले केही गीतहरू प्रस्तुत गरेपछि कार्यक्रम स्थलमा होहल्ला मच्चिएर सुरक्षाको समस्या आएको थियो । यता टिकट किनेर पनि कार्यक्रममा प्रवेश नपाएकाहरूले आफूहरूको टिकटको पैसा फिर्तासहित आयोजकलाई कारबाहीको माग गरेका छन् ।