बाबु र दिदीसँग एकसाथ फिल्म खेल्दै आलिया

मुम्बई, एजेन्सी ।

बलिउड चलचित्र 'सडक'को  सिक्वल बन्ने भएको छ । १९९१ मा बनेको सुपरहिट चलचित्र 'सडक'को  सिक्वलमा आलिया भट्ट अनुबन्धित भइसकेकी छिन् । उनी पहिले पटक बाबु महेश भट्ट र दिदी पूरा भट्टसँग एकसाथ काम गर्दैछिन्। महेश भट्टले निर्देशन गर्ने यस चलचित्रमा आलिया र पूजाको अलवा संजय दत्त र आदित्य रोय कपुर पनि मुख्य भूमिकामा रहेका छन् । हाल निकै ब्यस्त र रुचाइएकी अभिनेत्री आलिया यस चलचित्रमा सिम्पल देखिने भारतीय संचारमाध्यमले जनाएका छन् । श्रोतका अनुसार उनी एकदमै कम श्रृंगार देखिनेछिन्। उनले श्रृंगारको नाममा गालामा अल्का गुलाबी ब्लश,आँखामा गाजल तथा ओठमा हल्का गुलाबी रंगको लिपिस्टिक लगाउने बताइएको छ।

अलिया कहिलेपनि हेब्बी मेकअप गर्दिनन्। उनी अभिनित अन्य चलचित्रमा पनि उनलाई सिमपल रुपमा देख्न सकिन्छ । डेब्यू चलचित्र 'स्टुडेन्ट अफ द इयर', 'हाईवे' , 'राजी', 'उड्ता पंजाब' तथा 'गली व्वाय'लगायतका चलचित्रमा पनि उनी निकै कम मेकअपमा देखिएकी थिइन्। उनको यही रुपलाईनै अडियन्सले निकै रुचाएको पाइन्छ। हाल उनी चलचित्र 'ब्रम्हास्त्र', 'तख्त' र 'इन्शाअल्लाह' मा बयस्त छिन्। उनी अभिनित चलचित्र 'सडक २' भने अगामी वर्ष १० जुलाईमा प्रर्दशनमा आउँनेछ।