घान्द्रुकमा रमाउँदै उपसना

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उपसना सिंह ठकुरीले डेब्यु चलचित्रबाटै सर्वाधिक प्रशंसा बटुल्न सफल भइन् ।  उनले गरेको अभिनयलाई निर्माण टिम  दर्शक र समिक्षक सबैले निकै रुचाएको थिए। ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीतमा अभिनेता अनमोल केसी र उनको अभिनयले धेरै दर्शकलाई आर्कषित बनायो। गीत टिकटकमा समेत निकै भाइरल बनेको थियो । उनी हाल सुन्दर र ट्यालेन्ट अभिनेत्रीको रुपमा चिनिन्छिन्।

त्यसलगत्तै चलचित्र जगतमा उपासनाको माग ह्वात्तै बढयो। हाल उनी दर्शकले निकै रुचाएको हिट चलचित्र ‘कबड्डी’को तेश्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’मा अनुबन्धित भएकी छिन् ।हाल उनी उक्त चलचित्रको छायांकनमा व्यस्त छिन् । केही दिन अघि एक एक अन्र्तरवार्तामा उनले आफूले नेपाली चलचित्रहरु मध्यमा सबै भन्दा पहिला ‘कबड्डी’ हेरेको र चलचित्र निकै मानपरेको बताएकी थिइन्। आफू यस चलचित्रमा काम गर्न पाउँदा निकै खुशी भएको उनले बताएकी थिइन्। दयाहाङ र कर्मा जस्ता भर्सटायल कलाकारसँग भिड्न पर्ने हुनाले उपसना आफ्नोलागि यो चलचित्र अवसर र चुनौती दुबै रहेको बताएकी थिइन् ।

अहिले ‘कबड्डी कबड्डी कबड्डी’को छायांकनका लागि घान्द्रुक पुगेकी छिन् । घान्द्रुकको रमणिय ठाउँमा तस्वीर खिच्दैँ आफ्नो इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छिन्। रामबाबु गुरुङ निर्देशित यो  चलचित्रमा उपासनाको अलवा दयाहाङ राई, कर्मा, रिश्मा गुरुङ लगायतका पनि मुख्य भूमिका छ । पोखरा र घान्द्रुकको बिभिन्न रमणिय स्थाामा चलचित्रको छायांकन गरिएको छ। उपासना चलचित्रमा कर्माको प्रेमिकाको भूमिकामा देखिदैछिन्।