‘भारत’का लागि अदालतले दिएको ‘स्टे अर्डर’ खारेज

मुम्बई, एजेन्सी ।

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले बलिउड चलचित्र ‘भारत’ प्रदर्शन गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो । त्यसमाथी कारबाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै  चलचित्र भारत सेन्सर प्रक्रियाका लागि नरोक्न स्टे अर्डर दिइएको थियो । भारत बुधवारनै नेपालभर रिलिज भयो । तर, यसको ब्याख्या गलत रुपमा विकास बोर्ड माथी परेको थियो । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको प्रवद्र्धनको लागि सबै चलचित्र शुक्रवार नै रिलिज गर्ने तयारी गरिरहँदा अदालत बाट नै स्टे अर्डर आएपछि चलचित्र बुधवार रिलिज भएको बोर्ड अध्यक्ष केशव भट्टराईले बताउँदै आएका छन् । चलचित्र रिलिज हुदै गर्दा चलचित्र विकास बोर्डले काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरण पठाईएको थियो। चलचित्र विकास बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले उक्त स्टे अर्डर खारेज गरिदिएको छ । भारत रिलिजगर्न स्टे अर्डर दिएको अदालतले उक्त निर्णय खारेज गरेसँगै सोहीप्रकृतीका मुद्धाहरु अब अदालतमा नजाने बोर्डले जनाएको छ ।

शुरुमा ब्याङ्कटेस ईन्टरटेन्मेन्टले आफ्नो स्वार्थका आधारमा एक पक्षिय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कारबाही लाई थाति राख्दै स्टे अर्डर दिएको थियो । विकास बोर्डको स्पष्टिकरण पछि उक्त मुद्धालाई पूर्ण रुपमा कारबाही गर्दै स्टे अर्डर खारेज गरेको हो । स्टे अर्डर खारेजसँगै अब सबै चलचित्र शुक्रवार मात्रै रिलिज हुने बोर्डले जनाएको छ । ‘एउटा घटनाबाट पाठ सबै निर्माता र वितरकले सिक्न जरुरी छ । यो घटना कसैको फाईदा र बेफाईदाको लागि हैन । समग्र नेपाली चलचित्रको पक्षमा, नेपाली चलचित्रको हितमा भएको हो । हामीले खुल्ला व्यापार नीतिलाई ध्यानमा राखेका छौं । कुनै पनि विदेशी चलचित्र हामी रोक्दैनौं । तर, नेपाली चलचित्रलाई असर नहुने गरि रिलिज गर्ने प्रक्रिया शुरु गर्ने बोर्डको चाहना हो ।’ बोर्ड अध्यक्ष भट्टराईले भने ।