‘साउने झरी’मा ‘आप्पा’र छोराको प्रेम (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’मा समावेश ‘साउने झरी’ बोलको गीत सार्वजनिक भएको छ ।  उमेश उपमाको शब्द लेखनमा विज्ञान बराइलीले  स्वर तथा अनमोल गुरुङ र सैकत देवले संगीत भरेका छन् । गीतको भिडियोमा एक बावु छोराको प्रेमको भाव झल्किएको छ । जसमा अभिनेता दयाहाङ आप्पा अर्थात पिताको भूमिकामा देखिएका छन्। दया चलचित्रमा ड्राइभरको भूमिकामा छन् ।

अनमोल गुरुङले निर्देशन गरेको चलचित्रमा कथा पनि अनमोलकै छ । चलचित्रमा दयाहाङसँगै सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रका माबो हाङ कार्यकारी निर्माता हुन् । चलचित्रअ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । ‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि। कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । असार १३ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

song: